सुर्खेत। कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा संक्रमण फैलन नदिन सरकारले जारी गरेको एक साताको लकडाउनको दोश्रो दिन कर्णाली प्रदेशमा कतै निषेधाज्ञा जारी गरिएको छ भने कतै गाउँ प्रवेशमा रोक लगाइएको छ।
आज हुम्ला सदरमुकाम सिमकोट पूर्णरूपले बन्द भएको छ।
सदरमुकाम सिमकोटमा मानिसको सामान्य चहलपहल भएपनि बजार पूर्णरूपले बन्द छ।
तल्लो बजार र माथिल्लो बजारमा सम्पूर्ण पसल तथा होटेलहरू बन्द गरिएका छन् भने औषधि पसल मात्रै खुलेका छन्।
बजारको चहलपहल बन्द गराउन बिहानैदेखि नेपाल प्रहरीले प्रचारप्रसार गरेको थियो।
जिल्ला सरदुमकाम समेत रहेकोे सिमकोट गाउँपालिकाक २ नम्बर वडाले आफ्नो वडा भित्र प्रवेशमा रोक लगाएको छ। २ नम्बर वडाको ठेहे गाउँ जिल्लाकै बढी जनसंख्या रहेको गाउँ भएकाले पनि बाहिरबाट आउनेलाई रोक लगाएको वडा अध्यक्ष नरबहादुर भण्डारीले बताए।
उनका अनुसार आफ्ना वडा भित्रका नागरीकलाई अन्य गाउँ जान र अन्य गाउँबाट आफ्नो वडामा आउनेलाई पनि प्रवेशमा प्रतिबन्द लगाइएको छ।
त्यस्तै, जिल्लाका दक्षिण क्षेत्रमा रहेका ताँजाकोट र सर्केघाड गाउँपालिकाले अन्य गाउँपालिकाबाट आफ्नो गाउँपालिकामा आवतजावतमा रोक लगाएका छन्।
सरकारले लकडाउन गरेपनि जिल्लाका अन्य गाउँपालिकाबाट विभिन्न व्यक्तिको आवतजावत नरोकिएपछि बाध्य भएर आफ्नो क्षेत्रमा अन्य गाउँपालिकाबाट आवतजावतमा रोक लगाएको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष जोशी धामीले बताए।
“विश्वमै निकै तीब्रगतिमा संक्रमण फैलिन थालेको कोभिड–१९को संक्रमण हाम्रो पालिकामा नहोस् भनेर हामीले बाध्य भएर यस्तो निर्णय गरेका हौँ” उनले भने, “नेपाल सरकारको निर्णयलाई कार्यान्वयन गराउनका लागि पनि स्थानीय तहले यस्तो गर्नु परेको हो।”
गाउँपालिकाको कार्यपालिकाको आपतकालीन बैठकले गाउँपालिकास्तरमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थालाई आवश्यक पर्ने स्वास्थ्य सहयोगको लागि अनुरोध समेत गरेको ताँजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले बताए।
स्थानीय स्तरमा कोरोना भाइरसको संक्रमणबाट जोगिन प्रचार प्रसार गर्ने, खानपान र रहनसहनमा सजकता अपनाउनको लागि समेत पालिकाले सबैमा आग्रह गरेको अध्यक्ष मल्लले बताए।
छिमेकी गाउँपालिका अदानचुली, खार्पुनाथ, चंखेलीबाट मानिस र चौपायाको आवतजावतमा समेत रोक लगाइएको सर्केगाड गाउँपालिकाका प्रवक्ता कुसुम कार्कीले बताइन्।
जुम्लामा निषेधाज्ञा
सरकारले शुरू गरेको ‘लकडाउन’ कार्यान्वयन नभएपछि जुम्लामा निषेधाज्ञा जारी भएको छ। जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले कोरोनाको रोगथामको लागि उच्च सतर्कता अपनाउन निषेधाज्ञा जारी गरेको बताइन्।
प्रमुख जिल्ला अधिकारीले जारी निषेधाज्ञामा औषधि उपचार, खाद्यन्न अपूर्ति र अत्यावश्यक काममाबाहेक बाहिर ननिस्कन आदेश गरिएको छ। अनुमतिप्राप्त गाडी, सुरक्षा र स्वास्थ्यकर्मीका गाडीबाहेक अन्यमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बञ्जाडेले बताइन।
निषेधाज्ञा जारी गरेपछि अहिले जुम्ला सदरमुकाम बन्द भएको छ। स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञामा अतिआवश्यक औषधि र खाद्यबस्तु खरीद गर्न बिहान ७ बजेदेखि ९ बजेसम्म र दिउँसो ४ बजेदेखि ६ बजेसम्म समय निर्धारण गरिएको छ। हेल्थ डेस्कहरूमा आजै नेपाली सेना खटाइएको प्रजिअ बञ्जाडेले जानकारी दिइन्।
अहिले बाहिरबाट जिल्लामा भित्रने व्यक्तिहरू धमाधम आउने भएकाले जाँच गरेर मात्रै पठाइने गरिएको छ। जुम्लामा प्रवेश हुने बिन्दु नाग्ममा एकैदिन एक हजार २०० बढी व्यक्ति जुम्ला प्रवेश गरेका छन्।
स्थानीय प्रशासनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका डा. धिरज गुरुङको नेतृत्वमा टोली खटाएर सम्पर्क गर्न भनेको छ।