‘लकडाउन’ उल्लंघन गरेको भन्दै कैलालीमा ९९ सवारीसाधन नियन्त्रणमा
<p>कैलाली। कैलालीमा ‘लकडाउन’ को उल्लंघन गरेको भन्दै आज प्रहरीले ९९ सवारीसाधन नियन्त्रणमा लिएको छ।</p>
<p>जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका निकायले एउटा ट्रक, दुईवटा अटो र ९६ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हाे।</p>
<p>चालक तथा त्यसमा सवारहरूलाई सम्झाइबुझाइ छाडिएकाे जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।</p>
<p>उनका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनहरू ‘लकडाउन’ खुलेपछि मात्रै छाडिनेछन्।</p>
प्रतिक्रिया दिनुहोस्