काठमाडौं। कोभिड-१९ को महामारीबाट जोगिन काठमाडौं महानरपालिकाले आजदेखि काठमाडौं महानगरभित्रका सडकमा केमिकल छर्न शुरु गरेको छ।
कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि महानगरभित्र संक्रमणको जोखिम कम गर्न केमिकल छर्ने काम शुरु गरिएको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले देखापढीलाई बताए।
मेयर शाक्यले हिंजो, ११ चैतदेखि नै काठमाडौंका सडक सफा गर्ने काम शुरु गरिएको र आजदेखि पानीमा मिसाएर फोहोरामार्फत केमिकल छर्ने काम शुरु गरिएको जानकारी दिए। मानव स्वास्थ्यमा असर नपर्नेगरी केमिकल छर्किन थालिएको उनको भनाई छ।
पहिले गाडीहरुमा छर्किने योजना बनाइएको भए पनि लकडाउनका कारण गाडीहरुका आवतजावत नभईरहेकाले सडकमा हिँड्ने प्रत्येक व्यक्तिलाई संक्रमणबाट जोगाउन सडकमै केमिकल छर्कन थालिएको मेयर शाक्यले बताए।
" /> काठमाडौं। कोभिड-१९ को महामारीबाट जोगिन काठमाडौं महानरपालिकाले आजदेखि काठमाडौं महानगरभित्रका सडकमा केमिकल छर्न शुरु गरेको छ।कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि महानगरभित्र संक्रमणको जोखिम कम गर्न केमिकल छर्ने काम शुरु गरिएको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले देखापढीलाई बताए।

">