जनकपुर। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरस संक्रमणका शंकास्पद व्यक्तिमाथि विशेष निगरानी राख्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।
आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री राउतले दुई साता यता अन्यत्रबाट आएका संक्रमण शंकास्पद व्यक्तिको पहिचान गरी आइसोलेसनमा राख्न तथा यस सम्बन्धमा कुनै पनि सहयोग वा सहायताको आवश्यकता परे सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी वा प्रदेशस्तरीय एकीकृत सूचना केन्द्रमा सम्पर्क गर्न स्थानीय तहका प्रमुखलाई आग्रह गरेका छन्।
उनले विश्वव्यापीरूपमा फैलिएको महामारी नियन्त्रण सरकारको प्रयासले मात्र सम्भव नहुने भएकाले निजी क्षेत्र, गैरसरकारी संस्था तथा सम्पूर्ण जनसमुदायलाई आ–आफ्नो तहबाट योगदान गर्दै राष्ट्रव्यापी लकडाउनलाई सफल पार्न अपिलसमेत गरेका छन्।
मुख्यमन्त्री राउतले यस सङ्कटको घडीमा दैनिक उपभोग्य सामानको कृत्रिम अभाव सिर्जना गर्नेमाथि कडा कारबाही गर्दै दैनिक उपभोग्य सामान सहज र सुपथ मूल्यमा सर्वसाधारणलाई उपलब्ध गराउने व्यवस्था मिलाउन सम्बद्ध निकायलाई निर्देशनसमेत दिए।
खुला सीमाका सबै नाकामा विशेष निगरानी र सुरक्षा व्यवस्था मिलाउनाका साथै जनताको जीउधनको सुरक्षाको प्रभावकारी व्यवस्था मिलाउन सुरक्षा निकायलाई उनले निर्देशनसमेत दिएका हुन्। रासस
" /> जनकपुर। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरस संक्रमणका शंकास्पद व्यक्तिमाथि विशेष निगरानी राख्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री राउतले दुई साता यता अन्यत्रबाट आएका संक्रमण शंकास्पद व्यक्तिको पहिचान गरी आइसोलेसनमा राख्न तथा यस सम्बन्धमा कुनै पनि सहयोग वा सहायताको आवश्यकता परे सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी वा प्रदेशस्तरीय एकीकृत सूचना केन्द्रमा सम्पर्क गर्न स्थानीय तहका प्रमुखलाई आग्रह गरेका छन्।

">