कोरोना भाइरस संक्रमण भए/नभएको परीक्षण धरानमा पनि शुरू
<p>कोभिड-१९ (कोरोना भाइरस) संक्रमण सम्बन्धी नमूना परीक्षण (ल्याब टेस्ट) अब धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आजदेखि कोरोना भाइरस भए/नभएको पत्ता लगाउन त्यहाँ पनि व्यवस्था मिलाइएको जानकारी दिए।</p>
<p>आज आयोजित नियमित प्रेस व्रिफिङमा मन्त्री ढकालले चाँडै नै सातै प्रदेशमा ल्याबको व्यवस्था गर्ने तयारी भइरहेको पनि जानकारी दिएका थिए। यसअघि काठमाडौंको टेकुमा मात्र कोरोना भाइरसको परीक्षण हुँदै आएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्