काठमाडौं। देश लकडाउन भयो। सबैजना घरमै बसे। सरकारले यस्तै सोच्यो। तर, ६० वर्षे सन्तबहादुर तामाङ भने सधैँजस्तै बिहान ६ बजे नै हातमा नाम्लो लिएर न्यूरोडका गल्ली चहार्न थाले। उनले वर्षौंदेखि गरेको काम नै यही थियो। अरु बेला पाँच बजे नै भारी बोक्न भरियाहरूको भीड हुने यो ठाउँ सुनसान भएको देख्दा उनी छक्क थिए।
आँखा राम्रोसँग नदेख्ने र सुन्ने क्षमता पनि कम भएका ६० वर्षीय तामाङ भारी बोकेर दैनिक २०० जति कमाउँथे। अब त त्यो पनि बन्द भयो। परिवारका उनी एक्ला सदस्य हुन्। अघिल्लो दिन एक दिनका लागि मात्र पुग्ने खाद्यान्न आफूसँग भएको बताउँदै थिए उनी। उनलाई त यो बन्द किन भएको छ भन्ने पनि थाहा थिएन।
“आज नेपाल बन्द हो, खै कुन पार्टीले गर्यो त्यो चाहिँ थाहा छैन”, तामाङले बुझेको लकडाउन यत्ति थियो।
राजधानीको चहलपहल हुने मुख्य स्थानमध्ये पर्छ, नयाँसडक (न्यूरोड)। विभिन्न व्यापार–व्यवसायको संगम थलो हो। खासगरी थोक व्यापार यहाँको परिचय हो। र, यही व्यापारसँग जोडिएर आउँछ, ज्याला मजदुरी।
कोभिड–१९को महामारीबाट सरकारले ११ चैतबाट देशैभर ‘लकडाउन’ गरेको छ। अत्यावश्यक काममा बाहेक कसैलाई पनि बाहिर निस्कन प्रतिबन्ध लगाइएको यो लकडाउनमा उच्च तथा मध्यम वर्ग घरभित्रै सीमित भए पनि दैनिक ज्यालादारी कामले जीवन चलाइरहेका श्रमिकहरू काम खोज्दै हिँडिरहेका छन्।
लकडाउनको पहिलो दिनै न्यूरोड घुम्दा यस्तै दृश्य देखिन्थे। त्यसरी काम खोज्दै हिँड्नेमध्ये एक थिए, धमेश गौतम। ७० वर्षे गौतम बिहान पाँच बजेदेखि नै सडकमा थिए। उनी र उनकी श्रीमतीले ठेलागाडाको कमाइले साँझ–बिहानको छाक टार्दै आएका छन्।
“काम नै नभए कसरी पेट भर्ने ?”, गौतम गुनासो गर्दै थिए।
पसलहरू सबै बन्द भएपछि उनको ठेलागाडा स्थिर बनेको छ। “आधा दिन काम आइहाल्छकी भन्ने आशले पाको सडकमा बसेँ, केही काम नपाएपछि डोरी बाटेर बसेको छु”, साँझपख उनी भन्दै थिए, “खेतीपाती भएको भए बाचिन्थ्यो होला, अब खान नपाएर सुकेरै मरिन्छ होला।”
उता अर्का भरिया राजेश मगर भन्दै थिए, “म त अब जे काम पाएनी गर्ने हो, घरमा बुढा आमा, बुवा छन्, खान त दिनु पर्यो नि।”
कामको मौसममा उनी भारी बोकेरै दिनको दुई हजारसम्म कमाउँथे। तर, अहिले उनको खल्तिमा पैसै छैन। कपुरधाराबाट बिहान पाँच बजे नै भारी बोक्न न्यूरोड आएका उनी काम नपाएर अलमल्ल थिए।
“काम नगरी के खाने ? हिजो कमाएको हिजै सकिन्छ, गाउँ जान गाडी पनि छैन,” मगरको अनुहारमा चिन्ताका बादल मडारिरहेथे।
" /> काठमाडौं। देश लकडाउन भयो। सबैजना घरमै बसे। सरकारले यस्तै सोच्यो। तर, ६० वर्षे सन्तबहादुर तामाङ भने सधैँजस्तै बिहान ६ बजे नै हातमा नाम्लो लिएर न्यूरोडका गल्ली चहार्न थाले। उनले वर्षौंदेखि गरेको काम नै यही थियो। अरु बेला पाँच बजे नै भारी बोक्न भरियाहरूको भीड हुने यो ठाउँ सुनसान भएको देख्दा उनी छक्क थिए।आँखा राम्रोसँग नदेख्ने र सुन्ने क्षमता पनि कम भएका ६० वर्षीय तामाङ भारी बोकेर दैनिक २०० जति कमाउँथे। अब त त्यो पनि बन्द भयो। परिवारका उनी एक्ला सदस्य हुन्। अघिल्लो दिन एक दिनका लागि मात्र पुग्ने खाद्यान्न आफूसँग भएको बताउँदै थिए उनी। उनलाई त यो बन्द किन भएको छ भन्ने पनि थाहा थिएन।

">