दाङमा तीन व्यक्ति र २५६ सवारीसाधन नियन्त्रणमा
<p>दाङ। लकडाउनको उल्लंघन गरेको भन्दै दाङ प्रहरीले तीन व्यक्तिसहित २५६ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ।</p>
<p>कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन तथा रोकथामको लागि जारी गरिएको सूचनाको अवज्ञा गरिएको भन्दै व्यक्ति र सवारीसाधन नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता डीएसपी सुमीत खड्काले जानकारी दिए।</p>
<p>उनका अनुसार बस ७, ट्याक्टर ६, ट्रक १४, जेसिवि १, जिप/कार १३, अटो ७, मोटरसाइकल १८९ र स्कुटर १९ वटा छन्।</p>
<p>प्रहरीले लकडाउन अवधिभर उल्लंघन नगरिदिन आग्रहसमेत गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्