काठमाडौं। कोरोना भाइरसको संक्रमण देखिएका तेस्रो व्यक्ति एअर अरेवियाको जहाजबाट ६ चैत राति नेपाल आएको खुलेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी एअर अरेवियाको फ्लाइट नम्बर जी९५३७ बाट ६ चैत राति १०ः०९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए।
धादिङका ती युवक यूएईको सारजाहबाट आएका थिए।
ज्वरो आउने र रुखा लाग्ने लक्षण देखिएपछि उनी परीक्षणका लागि १० चैतमा शुक्रराज ट्रपिलक तथा सरुवा रोग अस्पताल टेकु पुगेका थिए।
उनमा कोभिड-१९ पुष्टि भएको स्वास्थ्य मन्त्रालयले आज जानकारी दिएको थियो।
यसअघि कोरोना भाइरस संक्रमण भेटिएकी दोस्रो व्यक्ति (युवती) फ्रान्सबाट कतार हुँदै आएको पत्ता लागेको थियो।
उनी ४ चैतमा फ्रान्सबाट कतार हुँदै जहाजमा काठमाडौं उत्रिएकी थिइन्। कोभिड-१९ देखिएकी ती महिला विद्यार्थी भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो।
चीनको वुहानबाट फर्किएका एक नेपालीमा पहिलोपटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।
नेपालमा अहिलेसम्म ६८७ जनाको कोभिड–१९ को नमूना परीक्षण भएकामा ६८४ मा नेगेटिभ तथा तीन जनामा पोजिटिभ देखिएको छ।
" /> काठमाडौं। कोरोना भाइरसको संक्रमण देखिएका तेस्रो व्यक्ति एअर अरेवियाको जहाजबाट ६ चैत राति नेपाल आएको खुलेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी एअर अरेवियाको फ्लाइट नम्बर जी९५३७ बाट ६ चैत राति १०ः०९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए।

">