काठमाडौं। तेस्रो व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएसँगै स्वास्थ्य अधिकारीले सावधानीमा कमी भएकाले जोखिम बढेको बताएका छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले विमानस्थल र सीमानाकाबाट आउने यात्रुको ज्वरो मात्रै परीक्षण गरेर घर पठाउँदा जोखिम बढेको बताएका छन्।
“विमानस्थल र सीमानाकाबाट आउने हजारौं यात्रुको ज्वरो मात्रै परीक्षण गरियो। ज्वरो आएकालाई अस्पाल ल्याएर क्वारेन्टाइन राखियो। ज्वरो नदेखिएकालाई घर गएर होम क्वारेन्टाइनमा बस्न भनियो। यसले जोखिम बढाएको छ”, डा. भण्डारीले देखापढीसँग भने।
अन्य देशमा त्यस्ता सबै यात्रुलाई १४ दिन क्वारेन्टाइनमा राखिने गरिए पनि नेपालमा त्यस्तो नगरिँदा जोखिम बढेको उनको ठम्याइ छ।
“घर गएपछि पनि ज्वरो आउन सक्छ, लक्षण देखिन सक्छ। त्यसको उदाहरण फ्रान्सबाट आएकी युवती हुन्। उनी विमानस्थलबाटै आएकी थिइन्। तर, उनलाई ज्वरो आएको थिएन। पछि परीक्षणको क्रममा कोरोना संक्रमण देखियो। यसबाट पनि अरु संक्रमित अस्पतालको निगरानी भन्दा बाहिर छन् भन्ने बुझ्न सकिन्छ”, डा. भण्डारीले भने।
प्रधानमन्त्रीको सचिवालयले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार लकडाउनपछि सुदूरपश्चिमका गौरीफण्टा–धनगढी, गड्डाचौकी– महेन्द्रनगर, झुलाघाट–बैतडी, दार्चुला लगायतका सीमा नाकाबाट १ लाख ४० हजार नेपाली स्वदेश फर्किएका छन्। ती सबैलाई सीमा नाकामा ज्वरो मात्र परीक्षण गरेर पठाइएको छ। उनीहरूबाट समेत कोरोना संक्रमणको जोखिम बढेको निर्देशक डा. भण्डारीको भनाइ छ।
उनीहरू सबैलाई अनिवार्य १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्न लगाउनुपर्ने नत्र त्यसको असर अरुलाई पनि पर्न सक्ने भन्दै सीमामा ज्वरो मात्र परीक्षणले कोरोना भाइरसको संक्रमण रोक्न नसकिने डा. भण्डारीले बताए।
" /> काठमाडौं। तेस्रो व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएसँगै स्वास्थ्य अधिकारीले सावधानीमा कमी भएकाले जोखिम बढेको बताएका छन्।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले विमानस्थल र सीमानाकाबाट आउने यात्रुको ज्वरो मात्रै परीक्षण गरेर घर पठाउँदा जोखिम बढेको बताएका छन्।

">