काठमाडाै। दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सञ्चार सेवाको पहुँचलाइ सरल र सुलभ बनाउन सापटी रकममा वृद्धि, निःशुल्क ब्यालेन्स ट्रान्सफर, रिचार्जमा ५० प्रतिशत बोनस र स्टे–होम प्याक सार्वजनिक गरेको छ।
ब्यालेन्स ट्रान्सफर सेवा अन्तर्गत प्रिपेड ग्राहकले एनसेल नेटवर्क भित्र निःशुल्क रुपमा ब्यालेन्स रकम पठाउन र प्राप्त गर्न सक्छन्। एनसेलले ब्यालेन्स ट्रान्सफरको सिमा एक दिनमा अधिकतम ३ पटकबाट बढाएर २० पटक पुर्याएको छ।
प्रिपेड ग्राहकले १० देखि ५०० रुपैयाँसम्म आफ्नो मेन ब्यालेन्सबाट एनसेलको अन्य कुनै नम्बरमा ब्यालेन्स ट्रान्सफर गर्न सक्ने एनसेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
ब्यालेन्स ट्रान्सफरबाट प्राप्त रकमबाट ग्राहकले कल गर्न, एसएमएस पठाउन तथा इन्टरनेट चलाउन सक्नेछन्। एस्ट्रिक्स १७१२२ एस्ट्रिक्स पाउने व्यक्तिको मोबाइल नम्बर एस्ट्रिक्स ट्रान्सफर गर्ने रकम ह्यास डायल गरी ग्राहकले निःशुल्क ब्यालेन्स ट्रान्सफर गर्न सक्नेछन्।
त्यस्तै, एनसेल सापटी सेवा अन्तर्गतको सापटी रकमलाई पनि बढाइएको छ। एनसेलका ग्राहकले विगतमा यो सेवा प्रयोग गरेको व्यवहारको आधारमा न्युनतम ४० देखि अधिकतम २०० रुपैयाँसम्म सापटी लिन सक्नेछन्।
ग्राहकले एस्ट्रिक्स९९८८ह्यास डायल गरी एनसेलबाट सापटी लिन सक्नेछन्। यसरी सापटी लिँदा दुई रुपैयाँ सेवा शुल्क लाग्ने एनसेलले बताएको छ।
त्यस्तै, एनसेलले हरेक रिचार्जमा ५० प्रतिशतसम्म बोनस दिने योजना पनि ल्याएको छ। यो योजनाअन्तर्गत एनसेलका ग्राहकले ५०, १००, २००, ३००, ५०० र एक हजारकोे रिचार्जमा ५० प्रतिशत बोनस प्राप्त गर्न सक्नेछन्। बोनस रकम सोही दिनको मध्यरातीसम्म मात्रै मान्य हुने एनसेलले बताएको छ।
त्यसैगरी, एनसेलले १५ जिबी डेटा भोल्युम सहितको स्टे–होम डेटा प्याक ल्याएको छ। कर बाहेक २३० र कर सहित २९३.६९ मा यो प्याक किन्न सक्नेछन्। यो डेटा प्याकमा रहेको १५ जिबी डेटामा १० जिबी डेटा सबै नेटवर्कमा (टुजी, थ्रिजी र फोरजी) मा लागु हुनेछ भने ५ जिबी डेटा फोजी नेटवर्कमा मात्र लागू् हुनेछ। यो प्याकको समयावधि सात दिनको रहेको छ। ग्राहकले मध्यरातदेखि बेलुका ६ बजेसम्मको समयमा डेटा प्रयोग गनुपर्ने एनसेलले बताएको छ।
ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरी स्टे–होम विकल्प छनौट गरी यो प्याक सुचारु गर्न सक्नेछन्। प्याक अन्तर्गतको डेटा भोलुम सकिएपछि विद्यमान पे एज यु गो अनुसारको डेटा शुल्क लाग्ने एनसेलले बताएको छ।
एनसेलका यी सबै योजना अन्तर्गतको सबै अफरहरु ३० दिनका लागि संचालनमा रहनेछन्।
" /> काठमाडाै। दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सञ्चार सेवाको पहुँचलाइ सरल र सुलभ बनाउन सापटी रकममा वृद्धि, निःशुल्क ब्यालेन्स ट्रान्सफर, रिचार्जमा ५० प्रतिशत बोनस र स्टे–होम प्याक सार्वजनिक गरेको छ।ब्यालेन्स ट्रान्सफर सेवा अन्तर्गत प्रिपेड ग्राहकले एनसेल नेटवर्क भित्र निःशुल्क रुपमा ब्यालेन्स रकम पठाउन र प्राप्त गर्न सक्छन्। एनसेलले ब्यालेन्स ट्रान्सफरको सिमा एक दिनमा अधिकतम ३ पटकबाट बढाएर २० पटक पुर्याएको छ।

">