हेटाैंडा। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस नियन्त्रण तथा उपचार गर्ने कार्यमा प्रदेशका मन्त्रीहरूलाई जिल्लाका अस्पतालमा आइसाेलेसनको व्यवस्था र अस्पतालको प्रत्यक्ष अनुगमन गर्नेतर्फ ध्यान केन्द्रित गर्न आग्रह गरेका छन्।
उनले आज आफ्नै कार्यकक्षमा मन्त्रीहरूसँग विचारविमर्श गर्दै सबै मन्त्रालयको नियमित काम कारबाही अवरोध नहुने गरी सञ्चालन गर्नेतर्फ पनि व्यवस्थापन मिलाउन निर्देशन दिए। उनले स्थानीय निकायका जनप्रतिनिधिलाई पनि साथमा लिएर सबै सरकारी अस्पतालमा कोरोना भाइरस संक्रमणका बिरामी आउँदा सद्भावपूर्ण व्यवहार गर्दै रोगलाई नियन्त्रण गर्नेतर्फ प्रयास केन्द्रित राख्न पनि आग्रह गरे।
प्रदेश सरकारका तर्फबाट हेटौँडास्थित राष्ट्रिय वाणिज्य बैंकमा कोरोना भाइरस संक्रमण, रोकथाम तथा उपचार सेवा कोष स्थापना गर्न नियामावली २०७६ अनुसार आजै खाता सञ्चालन गरिएको प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए।
काभ्रे, दोलखा, रामेछाप, सिन्धुली, ललितपुर, भक्तपुर, धादिङ, चितवन, मकवानपुर, रसुवा र नुवाकोटमा रहेका सरकारी अस्पताललाई आइसाेलेसनको छुट्टाछुट्टै व्यवस्थाका लागि कोरोना भाइरस नियन्त्रण कक्षले सेवा उपलब्ध गराउन व्यवस्थापन मिलाइसकेको उनले जानकारी दिए।
नेकपा र कांग्रेसकाे संसदीय दलद्वारा पारिश्रमिक प्रदान
कोरोना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रण उपचार कोष बागमती प्रदेशका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका तर्फबाट सांसदहरूको १५ दिनको पारिश्रमिक प्रदान गर्ने आज निर्णय गरेको छ।
यसैगरी उक्त उपचार कोष स्थापनाका लागि प्रदेशको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका तर्फबाट एक हप्ताको पारिश्रमिक प्रदान गर्ने निर्णय भएको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक राधा घलेले जानकारी दिइन्। रासस
" /> हेटाैंडा। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस नियन्त्रण तथा उपचार गर्ने कार्यमा प्रदेशका मन्त्रीहरूलाई जिल्लाका अस्पतालमा आइसाेलेसनको व्यवस्था र अस्पतालको प्रत्यक्ष अनुगमन गर्नेतर्फ ध्यान केन्द्रित गर्न आग्रह गरेका छन्।उनले आज आफ्नै कार्यकक्षमा मन्त्रीहरूसँग विचारविमर्श गर्दै सबै मन्त्रालयको नियमित काम कारबाही अवरोध नहुने गरी सञ्चालन गर्नेतर्फ पनि व्यवस्थापन मिलाउन निर्देशन दिए। उनले स्थानीय निकायका जनप्रतिनिधिलाई पनि साथमा लिएर सबै सरकारी अस्पतालमा कोरोना भाइरस संक्रमणका बिरामी आउँदा सद्भावपूर्ण व्यवहार गर्दै रोगलाई नियन्त्रण गर्नेतर्फ प्रयास केन्द्रित राख्न पनि आग्रह गरे।

">