काठमाडौं। कोभिड–१९ सँग मिल्ने लक्षण देखिएमा घरमै बसेर चिकित्सकसँग भिडिओ कलमार्फत् स्वास्थ्य सल्लाह तथा परामर्श लिन सकिने भएको छ।
सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल चिकित्सक संघ, हाम्रो पात्रो र मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको प्राविधिक सहयोगमा यस्तो सुविधा प्राप्त हुने भएको हो।
स्वास्थ्य सल्लाह तथा परामर्शका लागि 'Ncell CALL TO डाक्टर' सेवा प्रयोग गर्न सकिने हाम्रो पात्राले जनाएको छ।
यो सेवा प्रयोग गर्नका लागि हाम्रो पात्रोमा गएर आफ्नो समयानुसार अनलाइन बसेका नेपाल चिकित्सक संघमार्फत् खटिएका डाक्टरहरुसँग सजिलो भिडिओ कल गर्न सकिनेछ।
डाक्टर अनलाइन भएको खण्डमा ‘डाक्टरलाई कल गर्नुहोस्’ बटन थिचेर केवल एक क्लिकमै भिडिओ कलमार्फत् परामर्शका लागि आफ्ना समस्या तथा शंकालाई डाक्टरसमक्ष प्रत्यक्ष भेटेझैं राख्ने सकिने हाम्रो पात्राले जनाएको छ।
यो सेवा हाम्रो पात्रोले नेपाल चिकित्सक संघको अनुरोधमा, केवल कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको लक्षणसँग मिल्दो समस्या देखिएका नागरिकको लागि एनसेलसँगको प्राविधिक सहकार्यमा तयार गरेको हो।
अन्य स्वास्थ्य समस्यासँग सम्बन्धित फोन नगर्न र अहिलेको स्वास्थ्य संकटमा एकमात्र सहारा डाक्टरहरूको अमूल्य समय र सम्भावित संक्रमितहरूलाई उचित स्वास्थ्य परामर्शका लागि प्राथमिकता दिन आग्रह गरिएको छ।
“अप्ठेरोमा रहेकाहरूले तुरुन्त उचित स्वास्थ्य परामर्शसहित सेवा लिन सकुन् भन्ने उद्देश्यले यो सेवा ल्याएको हौँ” हाम्रो पात्रोका व्यवस्थापकीय निर्देशक सन्तोषकुमार देवकोटाले भने।
" /> काठमाडौं। कोभिड–१९ सँग मिल्ने लक्षण देखिएमा घरमै बसेर चिकित्सकसँग भिडिओ कलमार्फत् स्वास्थ्य सल्लाह तथा परामर्श लिन सकिने भएको छ।सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल चिकित्सक संघ, हाम्रो पात्रो र मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको प्राविधिक सहयोगमा यस्तो सुविधा प्राप्त हुने भएको हो।

">