काठमाडौं। सरकारले लागू गरेको लकडाउन उल्लंघन गरेर बाहिर निस्कने १०५ जनालाई देशैभरबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
लकडाउनको समयमा घरबाहिर निस्केका उनीहरूलाई सम्झाइबुझाइ गर्दा समेत अटेर गरेपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएकाे छ।
त्यस्तै देशैभरबाट आज दुईहजार ४३२ वटा सानाठूला सवारीसाधनसमेत प्रहरीले नियन्त्रणमा लिएको नेपाल प्रहरीका सहप्रवक्ता एसएसपी उमेशराज जोशीले जानकारी दिए।
“लकडाउनका समयमा बाहिर निस्कने मानिसहरू र सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको थियो”, उनले देखापढीसँग भने, “साँझपख सबैलाई सम्झाएर छाडिसकिएको छ।”
प्रहरीले लकडाउनको पहिलो दिन पनि ६८ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिएको थियो।
विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्नका लागि सरकारले हिजाे ११ चैतदेखि एकहप्तासम्म लकडाउन गरेको छ। तर, लकडाउनको समेत बेवास्ता गर्दै सर्वसाधारण घरबाहिर निस्केपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएकाे हाे।
काठमाडौं उपत्यकामा मात्रै महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानबाट १०६३ सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। लकडाउन उल्लंघन गरेर सवारी सञ्चालन गरेका ९२९ वटा दुई पाङ्ग्रे र १३४ वटा साना तथा ठूला सवारीसाधन विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।
नियन्त्रणमा लिएका सवारीसाधन दिनभर नियन्त्रणमा राखेर साँझपख सम्झाएर छाडिएको उनकाे भनाइ छ। अत्यावश्यक सेवा र पासका सवारीसाधन मात्रै चल्न पाउने, अन्य सवारीसाधनलाई नचलाउन र सर्वसाधारणलाई घरबाट ननिस्कन उपत्यकावासीलाई महाशाखाले आग्रह पनि गरेको छ।
" /> काठमाडौं। सरकारले लागू गरेको लकडाउन उल्लंघन गरेर बाहिर निस्कने १०५ जनालाई देशैभरबाट प्रहरीले नियन्त्रणमा लिएको छ।लकडाउनको समयमा घरबाहिर निस्केका उनीहरूलाई सम्झाइबुझाइ गर्दा समेत अटेर गरेपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएकाे छ।

">