श्रीलंकाली राष्‍ट्रपतिले गरे ऋण सहयोगको आग्रह <p>कोलम्बो । श्रीलंकाका राष्&zwj;ट्रपति गोटाबाया राजापाक्षेले कमजोर आर्थिक अवस्थाका विकासोन्मुख राष्&zwj;ट्रहरूलाई कोभिड-१९ विरुद्ध लड्न ऋण सहयोगको प्रबन्धका लागि आग्रह गरेका छन्।</p> <p>सामाजिक सञ्&zwj;जाल ट्&zwj;विटरमार्फत राजापाक्षेले श्रीलंका, नेपालजस्ता विकासोन्मुख मुलुकका लागि त्यस्तो ऋण सहयोग जरुरी देखिएको विश्&zwj;व स्वास्थ्य संगठनलाई सुझाएका हुन् ।</p> <p>विश्&zwj;व स्वास्थ्य संगठनका महानिर्देशकलाई मेन्सन गरिएको उनको ट्&zwj;विटमा ऋण प्रवाह गर्ने बहुपक्षीय र द्विपक्षीय दाताहरूसँग संगठनले पहल गर्नुपर्ने उल्लेख छ। उनले आवश्यक ऋणको परिमाणबारे भने ट्&zwj;विटमा उल्लेख गरेका छैनन्। तर, कमजोर आर्थिक अवस्थाका राष्&zwj;ट्रहरूका लागि ऋण सहयोग अत्यावश्यक देखिएको उनको जिकिर छ।<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्