काठमाडौं। ४ चैतमा फ्रान्सको पेरिसबाट कतारको दोहा हुँदै नेपाल आइपुगेकी १९ वर्षीया एक युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अहिले उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत छिन्।
सरकारले उनीसँगै कतार एअरवेजबाट आएका अन्य यात्रुको खोजी गरेर उनीहरूमाथि निगरानी बढाइसकेको छ। केही यात्रु अस्पतालको सम्पर्कमा आएर आफैं परीक्षण गराइसकेका छन्। अन्यलाई कुनै लक्षण नदेखिए पनि सेल्फ क्वारेन्टाइनमा राखिएको छ।
उनीहरूमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भए/नभएको विषयमा सरकारका निकायले विवरण लिएर निगरानी गर्नुपर्ने हुन्छ। तर, आज एकाएक ४ चैतमा कतार एअरवेजको फ्लाइट नम्बर क्यूआर ६५२ बाट आएका व्यक्तिहरू भन्दै सामाजिक सञ्जालमा उनीहरूको व्यक्तिगत विवरण राखेर भाइरल बनाइएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको विवरणमा व्यक्तिको नाम, ठेगाना, नागरिकतासमेत छन्। हवाइ यातायातबाट आवतजावत गर्ने व्यक्तिहरूको विवरण राख्ने आधिकारिक निकाय अध्यागमन विभाग, नेपाल नागरिक उड्डययन प्राधिकरण र सम्बन्धित एअरलाइन्स हो। उक्त विवरण कहाँबाट बाहिरियो भन्ने विषय अहिलेसम्म खुलिसकेको छैन।
उक्त जहाजमा आएका व्यक्तिहरूमा संक्रमण होला/नहोला त्यो परीक्षणबाट पत्ता लाग्नेछ। तर, गोप्य राखिनुपर्ने विवरण बाहिरिएको विषयमा भने जिममेवार निकायले प्रष्ट जवाफ दिएका छैनन्। यस विषयमा नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीसँग सोध्दा उनले प्राधिकरणसँग विमानमा यति मानिस आएको र जाँदै छन् भन्ने विवरण मात्रै हुने प्रतिक्रिया दिए।
“त्यो सबै विवरण अध्यागमन र एअरलाइन्ससँग हुन्छ हामीसँग नाम ठेगानासहितको विवरण हुँदैन”, उनले भने, “हामीलाई कति आए, कति जना गए भन्ने थाहा हुन्छ अरु विस्तृत हुन्छ भन्ने मलाई लाग्दैन।”
अध्यागमन विभागका निर्देशक एवं सूचना अधिकारी रामचन्द्र तिवारीले अध्यागमन विभागमा पासपोर्ट नै स्क्रिनिङ गरेर राखिएको हुने र त्यसरी जिल्ला नै छुट्ट्याउने गरी नराखिएको प्रष्ट पारे।
“सामाजिक सञ्जालमा बाहिर आएको विवरण नेपालीमा राखेर आएको छ। अध्यागमन विभागमा त्यसरी नेपालीमा र कुन जहाजमा आए भनेर राखिएको हुँदैन”, उनले भने, “त्यो कसरी बाहिरियो भन्ने विषयमा अध्यागमन विभागलाई कुनै जानकारी छैन।”
आफूहरूको सप्टवेयर सिस्टममा यसरी राखिएको नहुने, अरु कसैले यो विवरण तयार पारेको हुनुपर्ने दाबी उनले गरे। उनले एअरलाइन्ससँग विस्तृत विवरण हुने बताए।
“हरेक यात्रुको विवरण नेपालीमा राखिएको हुँदैन”, उनले भने, “व्यक्तिको गोप्य विवरण यसरी सामाजिक सञ्जालमा बाहिरिनु गलत हो।”
कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क राखेर जाँच गर्ने कामसमेत थालेको थियो। हेल्थडेस्कमा जाँच गर्दा राखेको विवरण वा एअरलाइन्स र अध्यागमन विभागबाट नै विवरण बाहिरिएको देखिन्छ।
कतार एअरवेजको उक्त विमानमा १५८ जना यात्रु आएका थिए। अहिले सामाजिक सञ्जालमा संक्रमित १९ वर्षीया युवती बाहेकका यी व्यक्ति पनि उक्त विमानमा आएका थिए भन्दै भाइरल बनाउने काम भइरहेको छ। यसले उनीहरूको सुरक्षामै चुनौती पैदा हुनसक्छ।
" /> काठमाडौं। ४ चैतमा फ्रान्सको पेरिसबाट कतारको दोहा हुँदै नेपाल आइपुगेकी १९ वर्षीया एक युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अहिले उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत छिन्।सरकारले उनीसँगै कतार एअरवेजबाट आएका अन्य यात्रुको खोजी गरेर उनीहरूमाथि निगरानी बढाइसकेको छ। केही यात्रु अस्पतालको सम्पर्कमा आएर आफैं परीक्षण गराइसकेका छन्। अन्यलाई कुनै लक्षण नदेखिए पनि सेल्फ क्वारेन्टाइनमा राखिएको छ।

">