भैरहवा। नेपालको दोस्रो ठूलो भैरहवा भन्सार कार्यालय आंशिकरूपमा सञ्चालन भएको छ। आज साँझ ६ बजेसम्म भैरहवा भन्सार कार्यालयबाट ८५ मालवाहक ट्रक भारतबाट नेपाल भित्रिएको भैरहवा भन्सार कार्यालयले जनाएको छ।
एलपी ग्यास बुलेट १५ , पेट्रोलियम पदार्थ बोकेका ट्रक चार, खाद्यान्न तथा कच्चा पदार्थ बोकेका ट्रक २१ र तरकारी, फलफूल बोकेका ट्रक ४५ वटा नेपाल आएको भैरहवा भन्सार कार्यालयका प्रमुख कमलकुमार भट्टराईले जानकारी दिए।
लकडाउनभन्दा पहिला भने दैनिक ४०० देखि ६०० ट्रक भारतबाट नेपाल आउने गरेका थिए।
लकडाउन भएपछि नेपाल आउन डराएका भारतीय चालकको सुरक्षा नेपाली पक्षले गर्ने प्रत्याभूत गरेपछि आजदेखि भारतीय ट्रक नेपाल आउन थालेका हुन्। “भारतमा पनि लकडाउन भएपछि नियमित नेपाल आउने मालवाहक ट्रकहरू सबै नआए पनि खाद्यान्न, ग्यास र पेट्रोलियम पदार्थ बोकेका ट्रकहरू सहजरूपमा नेपाल ल्याउने प्रयास भएको छ”, भैरहवा भन्सार कार्यालयका प्रमुख भट्टराईले भने।
नेपाल आएका भारतीय ट्रकलाई पनि भारतमा सहजरूपमा पठाउन दुई देशको सहमति भएको छ। सामान बोकेर आज नेपाल आएका ११४ ट्रक खाली गरी भारततिर पठाइएको शसस्त्र प्रहरी बल राजस्व भन्सार गुल्म भैरहवाका सशस्त्र प्रहरी नायव उपरीक्षक मानबहादुर शाहीले जानकारी दिए।
कोरोना भाइरस संक्रमण देखिए पनि मानिसहरू आवतजावतमा रोक लगाइएको नेपाल भारत सीमामा मालवाहक ट्रक भने सहजरूपमा आउन जान पाउने सहमति भएको छ।
भारतबाट नेपालतर्फ आउने मालवाहक ट्रकहरूमा भने कोरोना भाइरस संक्रमण रोक्ने कुनै प्रकारको सुरक्षा नअपनाइएको स्थानीयवासीले बताएका छन्।
भन्सार कार्यालयले भने चालकहरूको स्वास्थ्य जाँच गर्ने र गाडीको सफाइमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेको छ। रासस
" /> भैरहवा। नेपालको दोस्रो ठूलो भैरहवा भन्सार कार्यालय आंशिकरूपमा सञ्चालन भएको छ। आज साँझ ६ बजेसम्म भैरहवा भन्सार कार्यालयबाट ८५ मालवाहक ट्रक भारतबाट नेपाल भित्रिएको भैरहवा भन्सार कार्यालयले जनाएको छ।एलपी ग्यास बुलेट १५ , पेट्रोलियम पदार्थ बोकेका ट्रक चार, खाद्यान्न तथा कच्चा पदार्थ बोकेका ट्रक २१ र तरकारी, फलफूल बोकेका ट्रक ४५ वटा नेपाल आएको भैरहवा भन्सार कार्यालयका प्रमुख कमलकुमार भट्टराईले जानकारी दिए।

">