नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी नगरपालिकाका सबै वडाको प्रतिनिधित्व हुने गरी बैजनाथ मन्दिर नजिक धार्मिक पर्यटकीय मार्गको प्रस्थान बिन्दुमा त्रिशूल राखिएको छ।
नगर प्रमुख सुरेन्द्र विष्टले भ्रमण वर्ष २०२० लाई सफल बनाउन सन् २०१९ लाई पूर्वाधार र प्रचार वर्ष घोषणा गरिएको बताए। घोषणाअनुसार रौटेलामा त्रिशूल राखिएको हो।
रौटेला धार्मिक र पर्यटकीयस्थल भएकाले सबै वडाको प्रतिनिधित्व हुने गरी त्रिशूल राखिएको नगर प्रमुख विष्टले बताए।
प्रचारका लागि रौटेलामा यसअघि ‘होर्डिङ बोर्ड’ लगाइएको छ। धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि रौटेलादेखि ब्रह्मदेवसम्म धार्मिक पर्यटकीय मार्ग निर्माण गरिएको छ।
रौटेलादेखि ब्रह्मदेवसम्मका धार्मिक पर्यटकीय क्षेत्रको विकासका लागि प्राथमिकता दिएर काम अघि बढाइएको छ।
रौटेला नजिक बाराकुण्डा क्षेत्रका सबै १२ कुण्ड पुनःभरण गरिएको छ। भारतको पूर्णागिरी माताका दर्शनार्थीलाई रौटेला बाराकुण्डासम्म पुर्याउने लक्ष्यसहित बाराकुण्डाका कुण्ड पुनःभरण गरिएका हुन्।
पूर्णागिरी माताका दर्शनार्थी ब्रह्मदेव र महेन्द्रनगरको सिद्धनाथ मन्दिरमा पूजाआजाका लागि बर्सेनि आउने गरेका छन्। बाराकुण्डामा वनभोजस्थलसमेत निर्माण गरिएको छ। रासस
" /> नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी नगरपालिकाका सबै वडाको प्रतिनिधित्व हुने गरी बैजनाथ मन्दिर नजिक धार्मिक पर्यटकीय मार्गको प्रस्थान बिन्दुमा त्रिशूल राखिएको छ।नगर प्रमुख सुरेन्द्र विष्टले भ्रमण वर्ष २०२० लाई सफल बनाउन सन् २०१९ लाई पूर्वाधार र प्रचार वर्ष घोषणा गरिएको बताए। घोषणाअनुसार रौटेलामा त्रिशूल राखिएको हो।

">