काठमाडौं। देखापढीका नियमित पाठकले पक्कै ख्याल गर्नु भएको होला- प्रसारणमा आएदेखि नै हामीले हाम्रो नाम देखापढी लेख्दै आएका थियौं। यसैलाई ब्रान्डिङ गर्दै आइरहेका थियौं। हाम्रो नाम र ब्राण्ड सर्वाधिक प्रिय हुँदाहुँदै पनि ११ चैतदेखि हामीले हाम्रो नाम ‘देखा पढी’ लेख्न थालेका छौं।
अहिले विश्वव्यापी महामारी बनेको कोभिड-१९ को प्रसारण/विस्तार रोक्न अहिलेसम्म देखिएको सबैभन्दा प्रभावकारी उपाय नै व्यक्ति-व्यक्तिबीचको दूरी बढाउनु हो। त्यसैको संकेत स्वरूप र सबैलाई व्यक्तिगत दूरी बढाउन प्रोत्साहन गर्न हामीले नामकै शब्दहरूको दूरी बढाएका हौं।
सरकारले पनि यस्तो दूरी कायम राख्न आग्रह गर्दै आएको छ। ११ चैतबाट घोषणा गरिएको देशव्यापी लकडाउन त्यही व्याक्तिगत दूरी कायम राख्नकै लागि हो। एकातर्फ नागरिकलाई व्यक्तिगत दूरी कायम राख्न आग्रह गर्ने अर्कोतर्फ सरकारका मन्त्रीहरूले नै त्यस्तो दूरी नराखी कार्यक्रम गर्ने भनेर आलोचना पनि भएको थियो।
यसैक्रममा ११ चैतमा कोरोना भाइरस संक्रमणविरूद्धको उच्चस्तरीय समितिको बैठकपछि सञ्चारकर्मीहरूलाई सरकारका प्रवक्ता (अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री) डा. युवराज खतिवडाले दूरी कायम राख्न आग्रह गरेका थिए। रेकर्डर र माइक्रोफोन लिएका पत्रकार बैठकको निर्णय सार्वजनिक गर्न उभिएका मन्त्रीछेउ पुग्न लागेपछि मन्त्रीले तीन मिटर भन्दा नजिक नआउन भने।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कम्तीमा एक मिटरको दूरी कायम गर्न अपिल गरेको छ। त्यस्तै, चीन तथा अष्ट्रेलिया लगायतका देशहरूले कम्तीमा १.५ मिटर दूरी कायम राख्न भनेका छन्। आफू र अर्को व्यक्तिबीच कम्तीमा एक मिटरको दूरी राख्नुपर्ने कारण भनेको खोक्दा, हाच्छिउँ गर्दा वा थुक्दा त्यसको छिटामार्फत् भाइरस नफैलियोस् भनेर हो।
शुरूमा सामाजिक दूरी (सोसल डिस्ट्यान्स) भनिएकोमा पछि डब्लूएचओले शारीरिक दूरी (फिजिकल डिस्ट्यान्स) भन्न थालेको छ। यस्तो दूरी सार्वजनिक स्थलमा, घरमा, कार्यालय तथा स्कुल/कलेजमा समेत कायम गर्न डब्लूएचओले आग्रह गरेको छ।
सार्वजनिक स्थानमा दूरी कायम गर्नका लागि काम नपरेसम्म घरबाट बाहिर नजाने, बाहिर निस्कनै परेमा अरू भन्दा कम्तीमा एक मिटर टाढै रहने, हात मिलाउने-अंगालो मार्ने तथा चुम्बन गर्ने जस्ता अभिवादनका शैली बदल्ने, केही सामान किनेपछि क्यास तिर्नुको साटो इलेक्ट्रोनिक माध्यमबाट रकम भुक्तानी गर्ने, भीडभाड नगर्ने/ मानिसहरू जम्मा भएको स्थानमा नजाने जस्ता उपाय अपनाउन सकिन्छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कम्तीमा एक मिटरको दूरी कायम गर्न अपिल गरेको छ।
त्यस्तै, घरमा रहँदा पनि यस्तो दूरी कायम गर्नुपर्ने हुन्छ। अति आवश्यक नपरेसम्म कसैलाई घर नबोलाउने, आफू पनि पाहुना बन्न नजाने, सामान किन्न पसल जानुको सट्टा अनलाइनबाटै किन्ने, व्यक्तिगत वा पारिवारिक रूपमा अति जरूरी अवस्थामा बाहेक बाहिर भ्रमण नगर्ने, ढोकाको चुकुल, भान्सा कोठा वा टेबल जस्ता धेरैपटक छोइने ठाउँमा पटक पटक सफाइ गर्ने गर्नुपर्छ।
घरमा कोही बिरामी छ भने उसलाई एउटा छुट्टै कोठामा राख्ने, हेरचाहमा सकेसम्म थोरै व्यक्ति संलग्न हुने, बिरामी बसेको कोठाको ढोका बन्द गरी झ्याल मात्र खोल्ने, हेरचाह गर्ने व्यक्ति बिरामीको कोठामा जानुपर्दा दुवैले सर्जिकल मास्क प्रयोग गर्ने, बुढ्यौली उमेरका परिवारका अन्य व्यक्ति र अरू रोगका बिरामीलाई सकेसम्म छुट्टै घरमा वा टाढा राख्ने गर्नुपर्छ।
त्यस्तै, यस्तो दूरी कार्यालयमा पनि राख्नुपर्छ। सम्भव भएसम्म घरबाटै काम गर्ने व्यवस्था मिलाउनुपर्छ। तर, त्यसो गर्न सम्भव नभएमा बिरामी कर्मचारीलाई त कार्यालयमा आउन रोक्नै पर्छ। आउनैपर्ने कर्मचारीले कार्यालयमा सहकर्मीबीच हात मिलाउन छाड्ने, भिडिओ वा फोनबाट मिटिङ गर्ने, ठूलो संख्यामा कर्मचारी जम्मा भएर गर्नुपर्ने मिटिङ पछिका लागि सार्ने, धेरैपटक छोइने ठाउँहरूमा नियमित सफाइ गर्ने, खानेकुरा बाँडेर नखाने जस्ता व्यवहार गर्न सकिन्छ। व्यक्ति व्यक्तिबीचको यस्तो दूरी जति कम भयो कोरोना भाइरसलाई फैलिन उति नै गाह्रो पर्छ।
कोभिड-१९ को महामारीबाट जोगिन तपाईं हामी पनि यो दूरी कायम गरौं।
" /> काठमाडौं। देखापढीका नियमित पाठकले पक्कै ख्याल गर्नु भएको होला- प्रसारणमा आएदेखि नै हामीले हाम्रो नाम देखापढी लेख्दै आएका थियौं। यसैलाई ब्रान्डिङ गर्दै आइरहेका थियौं। हाम्रो नाम र ब्राण्ड सर्वाधिक प्रिय हुँदाहुँदै पनि ११ चैतदेखि हामीले हाम्रो नाम ‘देखा पढी’ लेख्न थालेका छौं।अहिले विश्वव्यापी महामारी बनेको कोभिड-१९ को प्रसारण/विस्तार रोक्न अहिलेसम्म देखिएको सबैभन्दा प्रभावकारी उपाय नै व्यक्ति-व्यक्तिबीचको दूरी बढाउनु हो। त्यसैको संकेत स्वरूप र सबैलाई व्यक्तिगत दूरी बढाउन प्रोत्साहन गर्न हामीले नामकै शब्दहरूको दूरी बढाएका हौं।

">