'विदेशबाट आएका व्यक्ति होम क्वारेन्टाइनमा बस्नुहोस्'

काठमाडौं। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पछिल्लो समयमा विदेशबाट कोही व्यक्ति आएको भए होम क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ।

महाशाखाले सामाजिक संजालहरूमार्फत त्यस्ता व्यक्तिलाई घरपरिवारमा घुलमिल नभइ छुट्टै बस्न प्रोत्साहन गर्न र निगरानी गर्न अनुरोध गरेको हो।

'उहाँलाई निगरानी गरौं ताकि यदी संक्रमित हुनुभएको भए निजबाट घर परिवारका सदस्य तथा अन्य व्यक्तिमा संक्रमण नसरोस्।'

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारी विमानस्थल र सीमानाकाबाट आउने यात्रुको ज्वरो मात्रै परीक्षण गरेर घर पठाउँदा जोखिम बढेको बताउँछन्।

नेपालमा अहिलेसम्म तीनजनालाई कोभिड-१९ देखिएको छ।

शुरूमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएका चीनको वुहानबाट फर्किएका एक व्यक्ति निको भएर घर फर्किसकेका छन्।

तीबाहेक ४ चैतमा फ्रान्सबाट कतार हुँदै आएकी एक १९ वर्षीया महिला र ६ चैतमा एअर अरेवियाको जहाजबाट यूएईको सारजाहबाट आएका धादिङका ३२ वर्षीय पुरुषलाई कोभिड-१९ देखिएको हो।

उनीहरू दुवैजना अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत् छन्।

प्रतिक्रिया दिनुहोस्