४ चैतमा कतार एयरलाइन्सबाट आएका एक व्यक्ति सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा
कैलाली। ४ चैतमा कतार एयरवेजको क्यूआर ६५० नम्बरको जहाजमा आएका धनगढीका एक युवकलाई उनका भाईसहित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ।

सोही जहाजमा आएकी एक १९ वर्षीया महिलालाई कोभिड-१९ देखिएपछि सरकारले आफ्नो संयन्त्रमार्फत उनीसँगै जहाजमा रहेका यात्रुहरूको खोजी थालेको थियो।

धनगढी उपमहानगरपालिका-३ त्रिनगर भन्सारका एकजना युवक सोही जहाजमा आएको थाह पाएपछि प्रहरीले हिजो, १२ चैतदेखि खोजी शुरु गरेको थियो।

हिजो साँझ उनी भाईसंगै मोटरसाईकलमा अस्पताल पुगेका थिए।

प्रारम्भिक स्वास्थ्य परीक्षण गरेपछि दुवैजनालाई आईसोलेनमा राखेर निगरानीमा राखिएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले बताए।

ती व्यक्तिको नमूना परीक्षणको लागि भोलि काठमाडौं पठाइने अस्पतालले नाएको छ।

परिवारका अन्य सदस्यहरुलाई भने घरमै सेल्फ आईसोलेसनमा बस्न भनिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्