कोभिड-१९ परीक्षण गर्न नेपाललाई चिनियाँ कम्पनीको दुई हजार किट सहयोग

काठमाडौं। चीनको बेइजिङस्थित नगर व्यापार तथा वाणिज्य ब्यूरोले कोरोना भाइरसको परीक्षणका लागि दुई हजार थान टेस्ट किटहरू सहयोग गरेको छ।

सो किट तीस हजार अमेरिकी डलर बराबरको रहेको बताइएको छ।

हिजो, १२ चैतमा बेइजिङमा रहेको नेपाली दूतावासलाई सो किट हस्तान्तरण गरिएको छ।

नेपालमा पर्याप्त टेस्ट असुविधालाई ध्यान दिँदै किट उपलब्ध गराइएको अन्तर्राष्ट्रिय लगानी तथा सहयोग परामर्श सेवा कम्पनी प्रा. लि. का अध्यक्ष हरिप्रसाद ढुंगानालाई उद्धृत गर्दै एपीडी समाचारले जनाएको छ।

नेपालमा हालसम्म ६८७ जनाको कोरोना भाइरस परीक्षण गरिएकोमा ६८४ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ।

कोभिड-१९ देखिएका एक व्यक्ति निको भएर घर फर्किसकेका छन्।

४ चैतमा फ्रान्स हुँदै कतारबाट आएकी १९ वर्षीया र ६ चैतमा एयर अरेवियाको जहाजबाट यूएईको सारजाहबाट आएका ३२ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्