राष्‍ट्रपतिको सन्देश : तीन तहका सरकारबीच सुदृढ समन्वयमा जोड <p>काठमाडौं । राष्&zwj;ट्रपति विद्यादेवी भण्डारीले कोभिड-१९ को संक्रमणविरुद्ध लड्न तीनै तहका सरकारहरूबीच सुदृढ समन्वयमा जोड दिएकी छन् । बुधबार एक सन्देश जारी गर्दै राष्&zwj;ट्रपतिले भनेकी छन्, &lsquo;कोरोनाविरुद्ध लड्न स्वास्थ्यसम्बन्धी भौतिक पूर्वाधार तथा प्राविधिक तयारीसहित आवश्यक प्रबन्ध मिलाउन संघ र प्रदेश सरकार, जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिकाहरूबीच सुदृढ समन्वय हुनुपर्ने कुरामा सम्बद्ध सबै पक्षको ध्यानाकृष्&zwj;ट गराउन चाहन्छु ।&rsquo;</p> <p>साथै, राष्&zwj;ट्रपतिले सबै राजनीतिक दल, तिनका भातृ र भगिनी संगठन, युवा, विद्यार्थी, कल्याणकारी संघसंस्था, सुरक्षा संयन्त्रहरू, चिकित्सक र स्वास्थ्यकर्मीबीच पनि समन्वयमा जोड दिएकी छन् । &lsquo;कोरोना भाइरसको संक्रमण रोक्न सामाजिक दूरी कायम गर्दै सरसफाइसहित घरमा बस्&zwj;नु नै उत्तम विकल्प हो,&rsquo; राष्&zwj;ट्रपति भण्डारीको सन्देशमा उल्लेख छ ।</p> <p>घरमै बसिरहँदा सिर्जनात्मक, रचनात्मक र उत्पादनमुलक सोच विकास गर्न राष्&zwj;ट्रपति भण्डारीले आह्वान गरेकी छन् । &lsquo;मुलुकको अर्थतन्त्रलाई स्वावलम्बी र आत्मनिर्भर बनाउन के गर्न सकिन्छ भन्&zwj;ने विषयमा अध्ययन, अनुसन्धान र चिन्तन गर्ने काममा यो समय सदुपयोग गर्न सकिन्छ भन्&zwj;ने मलाई लागेको छ,&rsquo; सन्देशमा उल्लेख छ ।<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्