अत्यावश्यक सामग्री घर-घरमा पुर्याउने व्यवस्था मिलाइँदै
<p>काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लकडाउनको समयमा अत्यावश्यक सामग्री घर-घरमा पुर्‍याउने व्यस्था मिलाउने भएको छ। त्यसका लागि भाटभटेनी, सेल्सबेरी, बिगमार्टलगायत डिपार्टमेन्टल स्टोरहरूसँग सहकार्य गरिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बताए।</p>
<p>यस्तै, हरेक चोक र टोल-टोलमा खाद्यान्न पसलहरू खुला राख्‍न दिइएको मन्त्री भट्टको दाबी छ। उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडका अनुसार मुख्य नाकाहरूबाट दैनिक उपभोग्य सामग्रीको निरन्तर आपूर्ति भइरहेको छ।<br />
</p>
प्रतिक्रिया दिनुहोस्