लकडाउन उल्लंघन गर्ने सोच्दै हुनुहुन्छ भने सचेत हुनुस्, आजदेखि संक्रामक रोग ऐन २०२० अन्तर्गत् कारबाहीमा पर्नुहोला
काठमाडौं। सरकारले ११ चैत देखि कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिन गरेको लकडाउनको निर्णय उल्लंघन गर्नेविरुद्ध आजदेखि महानगरीय ट्राफिक प्रहरी महाशाखाले संक्रामक रोग ऐन २०२० अन्तर्गत कारबाही थालेको छ।

महाशाखा प्रमुख एसएसपी भीम ढकालले आजदेखि लकडाउन उल्लंघन गरेर सञ्चालन हुने सवारी साधनलाई ऐन अन्तर्गत कारबाही गरिने जानकारी दिए।

“दुई दिन उपत्यकामा सर्वसाधारणले उल्लंघन गरेपछि हामीले आजदेखि ऐन अन्तर्गत कारबाही थाल्ने निर्णय गरेका हौं,” उनले देखापढीसँग भने, “आजदेखि हामीले ऐनमा टेकेर उल्लंघन गर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन्छौं।”

उपत्यकामा पहिलो दिन सवारी सञ्चालन गर्नेलाई प्रहरीले सम्झाइबुझाइ यथास्थानबाट घर फर्काएको थियो भने हिजो सवारी साधन नियन्त्रणमा लिएर दिनभर होल्ड गरेर राखेको थियो।

संक्रामक रोग ऐन २०२० अन्तर्गत १ महिना कैद र १ सय रुपैयाँसम्म जरिवाना हुन्छ। निर्णय कार्यान्वयनका क्रममा खटिने कर्मचारीलाई काममा बाधा गरेमा ६ महिना कैद र ६ सय रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ।

“सर्वसाधारणले अटेरी गरेर निर्णय कार्यान्वयनमा समस्या गरे स्थानीय प्रशासन ऐन पनि आकर्षित हुने गरी कारबाही हुन्छ,” एसएसपी ढकालले भने, “हाम्रो अनुरोध भनेकै अनुमति पाएका सवारी साधन र अत्यावश्यक वस्तु ढुवानी गर्ने सवारी वाहेककाले सञ्चालन नगर्नुस् भन्ने हो।”

लकडाउनको उल्लंघन सबैभन्दा धेरै दुई पाङ्ग्रे सवारी अर्थात मोटरसाइकल र स्कुटर रहेका छन्। हिजो मात्रै उपत्यका क्षेत्रमा एकहजार ६३ सवारी साधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर साँझ छोडेको थियो। देशैभरमा हिजो दुईहजार ४३२ सवारी साधन नियन्त्रणमा लिइएको थियो।

उपत्यकाका प्रमुख स्थानहरूमा महाशाखाले चेकप्वाइन्ट राखेर छ भने विभिनन चोकमा प्रहरी खटाएको छ। आज बिहानैदेखि अहिलेसम्म १३७ वटा सवारीसाधन नियन्त्रणमा लिएर होल्ड गरिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्