कैलालीमा लकडाउन उल्लंघन गर्ने २७ सवारीसाधन प्रहरी नियन्त्रणमा
<p>कैलाली। प्रहरीले लकडाउन उल्लंघन गर्ने २७ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ।</p>
<p>कोभिड-१९ फैलिन नदिन सरकारले लागू गरेको लकडाउनको तेस्रो दिन आज बिहान कैलालीका विभिन्न स्थानबाट ती सवारीसाधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले बताए।</p>
<p>उनका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनहरुमा २६ ओटा मोटरसाइकल र एक अटो छ।</p>
<p>नियन्त्रणमा लिइएका मानिसहरूलाई सम्झाइबुझाइ छोडिने तथा सवारीसाधन भने नियन्त्रणमै रहने प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्