कोभिड-१९ असर : ९०० मेगावाटको अरुण तेस्रो निर्माण पनि रोकियो
काठमाडौं। कोरोना भाइरसको संक्रमण फेलन नदिन देशैभर लागू भएको लकडाउनको कारण संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको काम स्थगित गरिएको छ।

भारतीय निर्माण कम्पनी सतलजका  सिइओ अरुण धिमानले दुई दिनअघिबाट जलविद्युत् निर्माणको काम स्थगित गरेको बताए।

अरुण तेस्रो परियोजनामा भारतीय र नेपाली गरी दुई हजार ५०० भन्दा बढी कामदार छन्।

अहिले मकालु गाउँपालिकामा ड्यामसाइड र चिचिला गाउँपालिकामा विद्युतगृहको काम भइरहेको थियो।

अरुण तेस्रोको ३५ प्रतिशत काम सम्पन्न भइसकेको छ।

पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको अरुण तेस्रो एक खर्ब २० अर्ब खर्च लाग्ने अनुमान गरिएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्