एनआरएन दक्षिण कोरियाले कोभिड-१९ जाँच गर्ने किट सहयोग गर्दै

काठमाडौं। गैह्रआवासी नेपाली सङ्घ (एनआरएन) दक्षिण कोरियाले कोभिड-१९ जाँच गर्ने किट नेपाल पठाउने भएको छ। नेपालका प्रयोगशालामा त्यस्ता किट अभाव भइरहेको खबरहरू सार्वजनिक भइरहेका बेला एनआरएन दक्षिण कोरियाले त्यस्ता किट पठाउने जनाएको हो।

दक्षिण कोरियाबाट एनआरएनले दुई हजार त्यस्ता किट नेपाल पठाउन लागिएको एनआरएनए दक्षिण कोरिया शाखाले जनाएको छ।

नेपालमा परीक्षण गर्ने किट मात्र नभएर स्वास्थ्यकर्मीहरूले व्यक्तिगत सुरक्षामा प्रयोग गर्न चाहिने उपकरणा (पीपीई) पनि अभाव भइरहेको छ। सरकारले भारत, चीन तथा अमेरिका जस्ता देशबाट त्यस्ता उपकरण मगाउने पहल थालेको जनाएको छ।

यद्यपी स्वास्थ्यकर्मीहरूले भने ती उपकरणबीना उपचारमा खटिन जोखिमपूर्ण हुने बताउँदै आएका छन्। विश्वभर महामारीको रूपमा फैलिएको कोभिड-१९ हालसम्म नेपालमा तीन जनामा देखिएको छ।

त्यसमध्ये एक जना निको भइसकेका छन् भने बाँकी दुई जना उपचारका क्रममा छन्। रासस

प्रतिक्रिया दिनुहोस्