सेल्फ क्वारेन्टाइनमा हुनुहुन्छ ? यी १५ नियम पालना गर्नुहोस् (सूचीसहित)

काठमाडौं। कोभिड-१९ को महामारीबाट अहिले विश्‍व नै आक्रान्त बनेको छ।

विश्‍व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म चार लाख १४ हजार १७९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। तीमध्ये १८ हजार ४४० जनाले ज्यान गुमाएका छन्।

नेपालमा पनि हालसम्म तीनजनालाई कोभिड-१९ पुष्‍टि भएको छ। शुरूमा चीनको वुहानबाट फर्किएका एक विद्यार्थीमा कोरोना भाइरस संक्रमण देखिएको थियो उनी उपचारपश्‍चात निको भएर घर फर्किसकेका छन्।

त्यस्तै पछिल्लो समय ४ चैतमा फ्रान्स हुँदै कतारबाट आएकी १९ वर्षीया र ६ चैतमा एयर अरेवियाको जहाजबाट यूएईको सारजाहबाट आएका ३२ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ।

उनीहरू दुवैजनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेसनमा उपचार भइरहेको छ।

कोरोना भाइरस संक्रमण फैलिन नदिन सतर्कता अपनाउँदै सरकारले ११ चैतबाट देशैभर लकडाउन घोषणा गरेको छ।

हाल एक साताको लागि लागू गरिएको लकडाउन नागरिकको स्वास्थ्य सुरक्षाकै लागि भएकाले संकटको यो घडीमा सावधानी अपनाएर एक-अर्कालाई सहयोग गर्न सरकारको आग्रह छ।

कोभिड-१९ बाट बच्‍न भीडभाडमा नजाने, व्यक्ति-व्यक्तिबीचको दूरी बढाउने, सेल्फ क्वारेन्टाइनमा बस्नेलगायतका पूर्व सतर्कताका उपायहरू भएको विश्व स्वास्थ्य संगठन तथा स्वास्थ्यसँग सम्बद्ध निकायहरूले सुझाइरहेका छन्।

"टाढैबाट यसलाई फर्काउन भीडभाडमा नजाने, सावधानी अपनाउनेजस्ता कार्यलाई गम्भीरताका साथ पालना गर्नपर्छ। साथै आफू र आफ्नो परिवारको स्वास्थ्य सुरक्षाका लागि क्वारेन्टाइनका नियमलाई पूर्ण पालना गर्नुपर्छ", सरुवा रोग अस्पताल टेकुका प्रवक्ता डाक्टर अनुप बाँस्तोलाले देखापढीसँग भने।

विदेशबाट जहाजमा आएका दुईजनालाई कोरोना भाइरस संक्रमण देखिएसँगै सरकारले उनीहरूसँगै यात्रा गरेका अन्य यात्रु र परिवारका सदस्यहरूलाई खोजी गरी क्वारेन्टाइनमा राख्न शुरू गरेको छ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सेल्फ क्वारेन्टाइनमा बस्दा अपनाउनुपर्ने सावधानीका १५ वटा सूची सार्वजनिक गरेको छ।

१४ दिनसम्म क्वारेन्टाइनमा बस्दा वा सम्पर्कका लागि आवश्यक परे १११५ नम्बरको कोभिड हटलाइनमा फोन गर्न पनि महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्