कोभिड-१९: दक्षिण एशियामा दुई हजार जना संक्रमित, २८ को मृत्यु

काठमाडौं। कोभिड-१९ को प्रभाव नेपाल लगायतका दक्षिण एशियाली देशहरूमा पनि परेको छ। १३ चैत मध्यान्हसम्म २८ जनाको मृत्यु भइसकेको छ। दुई हजार १ जना संक्रमित भएका छन्।

सबैभन्दा बढी संक्रमित पाकिस्तानमा भएका छन्। www.worldometers.info का अनुसार पाकिस्तानमा अहिलेसम्म एक हजार ९३ जना संक्रमित भएका छन्। पाकिस्तानमा ८ जनाके ज्यान गइसकेको छ।

त्यसपिछ सबैभन्दा बढी प्रभावित भारतमा छन्। आज दिउँसोसम्म ६६५ जना संक्रमित भइसकेका छन्। दक्षिण एशियामा सबैभन्दा बढी व्यक्तिको मृत्यु भने भारतमा भएको छ। भारतमा १३ जनाको मृत्यु भइसकेको छ।

जम्मा ३९ जना संक्रमित भएको बांग्लादेशमा पाँच जनाको ज्यान गइसकेको छ। यो मृत्युदर करीब २० प्रतिशत हो, जुन कोभिड(१९ को औषत मृत्युदर भन्दा निकै धेरै हो।

८४ जना संक्रमित भएको अफगानिस्तानमा दुई जनाको मृत्यु भएको छ। श्रीलंका, माल्दिभ्स्, नेपाल र भुटानमा अहिलेसम्म कसैको पनि मृत्यु भएको छैन।

यी चार देशमध्ये सबैभन्दा बढी श्रीलंकामा १०२ जना, त्यसपछि क्रमशस् माल्दिभ्समा १३, नेपालमा तीन र भुटानमा २ जा संक्रमित भएका छन्। सबैभन्दा कम संक्रमित भएका भुटानमा दुवै जना विदेशी नागरिक हुन्।

प्रतिक्रिया दिनुहोस्