पूर्वमन्त्री गोकर्ण बिष्टद्वारा ज्यालादारी श्रमिकलाई सहयोगको अपील
<p>काठमाडौं। पूर्वमन्त्री तथा सत्तारुढ नेकपाका युवा नेता गोकर्ण बिष्‍टले दैनिक ज्यालादारीमा जीवन धान्‍ने मजदूर वर्गका लागि सहयोगको अपील गरेका छन्।</p>
<p>आफ्नो फेसबुक पेजमा स्ट्याटस लेख्दै बिष्‍टले त्यस्तो अपिल गरेका हुन्। ‘कोभिड-१९’को संक्रमण फैलिन नदिन सरकारले देशव्यापी ‘लकडाउन‘ गरेपछि श्रमिकहरूको दैनिक रोजीरोटी संकटमा परेको उनले उल्लेख गरेका छन्। </p>
<p>पूर्वमन्त्री बिष्‍टले यस विषयमा सरकारी निकायको ध्यानाकर्षण गराउँदै जनस्तरबाट पनि आ-आफ्नो ठाउँमा सक्दो सहयोगका लागि अनुरोध गरेका छन्।<br />
</p>
प्रतिक्रिया दिनुहोस्