"> घरमै बसिरहँदा मानसिक तथा सामाजिक परामर्श चाहियो ? यी नम्बरमा सम्पर्क गर्नुहोस्: Dekhapadhi
घरमै बसिरहँदा मानसिक तथा सामाजिक परामर्श चाहियो ? यी नम्बरमा सम्पर्क गर्नुहोस्
काठमाडौं। विश्वव्यापी महामारी बनेको कोभिड-१९ फैलिन नदिन सरकारले एक साताको लागि लागू गरेको लकडाउनका कारण मानिसहरू घरमै बसेका छन्।

घरभित्रै होस् वा सेल्फ क्वारेन्टाइनमा बस्नुपर्दा नागरिकहरू त्रसित हुन थालेको भन्दै मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र-नेपाल (सीएमसी-नेपाल) ले परामर्श सेवा शुरू गरेको छ।

मनोचिकित्सक, चिकित्सा मनोविद्, बाल मनोविद्लगायतको टोली गठन गरी मानसिक स्वास्थ्यसम्बन्धी परामर्शका लागि एक टोली बनाइएको संस्थाका प्राविधिक निर्देशक डा. पशुपति महतले बताए।

कोरोना भाइरस संक्रमणको जोखिम र त्रासका कारण प्रत्यक्ष रूपमा भेटेर सेवा प्रवाह गर्न नसकिएको संकटको यो अवस्थामा टेलिफोन तथा इन्टरनेटका माध्यमबाट सम्पर्क गरेर परामर्श लिन सकिने सीएमसीले जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्