डिस्चार्ज भइन लन्डनमा कोभिड-१९ सँग जुधिरहेकी नेपाली महिला

काठमाडौं। १० दिन सेल्फ आइसोलेसनमा बस्दा कोभिड-१९ को लक्षण देखिएपछि अस्पताल भर्ना भएकी भगवती रानाभाट निको भएर अस्पतालबाट डिस्चार्ज भएकी छन्।

नेपालको लमजुङ स्थायी ठेगाना भएर बेलायतको लन्डनमा बस्दै आएकी रानाभाट १५औं दिनमा अस्पतालबाट डिस्चार्ज भएकी हुन्।

१३औं दिनको दिन रानाभाटले आफूलाई कोभिड-१९ ले असह्य पीडा दिएको र यसको संक्रमण हुनु अघि नै सतर्क हुन आग्रह गरेकी थिइन्। फेसबुकमा एक स्टेटस लेख्दै उनले भनेकी थिइन्- ‘मलाई निको होला जस्तो छैन, हजुरहरू सबैलाई विशेष सावधान रहन अनुरोध गर्दछु।’

तर, यसको दुई दिनपछि नै उनी निको भएर डिस्चार्ज भएकी छन्। बेलायत पनि कोभिड-१९ बाट उच्च प्रभावित देशमध्ये पर्छ। त्यहाँ ११ चैतदेखि तीन सातासम्मका लागि लकडाउन गरिएको छ।

पढ्नुहोस्

लन्डनमा कोभिड-१९ सँग जुधिरहेकी नेपाली भन्छिन्-‘मलाई निको हाेला जस्ताे छैन, तपाईंहरू सुरक्षित बस्‍नू’

प्रतिक्रिया दिनुहोस्