काठमाडौं। विश्वव्यापी महामारी कोभिड–१९ को संक्रमण फैलिँदै जाँदा ज्येष्ठ नागरिकलाई जोखिम बढेको छ। यही हप्ता ‘द जर्नल अफ द अमेरिकन मेडिकल एसोसिएसन’ले सार्वजनिक गरेको अध्ययन अनुसार कोभिड–१९को संक्रमणबाट मृत्यु हुनेमा लगभग ८७ प्रतिशत व्यक्ति ७० वर्ष भन्दा बढी उमेरका छन्।
उमेर बढ्दै जाँदा मानिसको रोग प्रतिरोधात्मक क्षमता घट्दै जान्छ। त्यसमाथि उच्च रक्तचाप, दम, मधुमेहजस्ता दीर्घ रोग पनि बढीजसो ज्येष्ठ नागरिकमा हुन्छ। यही जोखिमलाई ख्याल गर्दै विभिन्न वृद्धाश्रमले संक्रमणबाट ज्येष्ठ नागरिकलाई जोगाउन विभिन्न प्रयास थालेका छन्।
काठमाडौंको शंखरापुर नगरपालिका–४ लप्सेफेदीस्थित जेपी प्रतिष्ठान, मैत्री सेवा आश्रममा २५ जना ज्येष्ठ नागरिक छन्। उनीहरूलाई कोभिड–१९बाट जोगाउन माघदेखि नै बाहिरबाट आउने पाहुनाहरूको आवागमनमा रोक लगाइएको संचालक मित्रसेन दाहालले जानकारी दिए। बजारबाट त्यहाँ पुग्ने कर्मचारीलाई पनि सरसफाइपछि मात्रै वृद्धवृद्धासँग घुलमिल हुन दिइन्छ।
“हामीले माघमा यज्ञ गरेका थियौँ। कोरोनाको संक्रमणको खतरा भएकाले ५५ दिनको यज्ञ ४८ दिनमै सकायौँ,” मित्रसेनले भने, “यहाँका आमाबाहरूलाई पनि कोरोनाबारे चेतना दिएका छौँ। उहाँहरू साबुन पानीले हात धुने गर्नुहुन्छ।”
कोरोनाबाट जोगिनका लागि वृद्धवृद्धालाई आश्रममा काम गर्ने वा टोलका अन्य मानिससँग पनि टाढै राख्ने कोशिस गरेको मित्रसेन बताउँछन्। त्यस्तै दूधका लागि आश्रममै १४ वटा गाई पालिएको छ। १० रोपनी जग्गामा तरकारी खेती गरिएको छ। मित्रसेनले भने, “उहाँहरूलाई रोगले आक्रमण नगरोस् भनेर पौष्टिक खानेकुरा दिइरहेका छौँ।”
सर्लाहीको पद्म भूवनेश्वरी नमूना वृद्ध सेवा आश्रममा पनि ३५ जना वृद्धवृद्धा छन्। कोभिड–१९को संक्रमणको जोखिम बढेसँगै सावधानी अपनाउन थालिएको सञ्चालक भवानी कोइरालाले बताइन्। वृद्धाश्रममा बाहिरी मानिसको आवागमन पूरै बन्द गरिएको छ।
कसैले यहाँका वृद्धवृद्धालाई खाना खुवाउन चाहेमा बाहिर पकाएर ल्याएको नभई दाल, चामल ल्याई आश्रममै पकाउने गरिएको भवानीले जानकारी दिइन्। शाकाहारी पौष्टिक खानेकुराहरू खान दिएको उनले बताइन्।
कोरोनाको महामारी फैलिएसँगै वृद्धवृद्धामा डर पलाएकाले मानसिक स्वास्थ्यका लागि काम गरिरको भवानीले बताइन्। “ल भाइरसले गर्दा मर्छौँ कि भनेर उहाँहरू तर्सिनुभएको थियो,” उनले भनिन्, “बाहिरी मानिससँग सम्पर्कमा नआएमा यो सर्दैन भनेर भनेका छौँ। त्यसैले उहाँहरू अहिले आश्रम भित्रै बस्नुहुन्छ।”
धुम्बाराही लायन वल्डएज केयर होममा अहिले ८ जना बृद्धा छन्। कोभिड–१९को संक्रमण हुने जोखिम भएकाले वृद्धाहरूलाई आश्रममै गीत बजाएर, विभिन्न रमाइला क्रियाकलाप गरेर व्यस्त राख्ने गरेको संचालक धनराज भँडेलले बताए।
कोभिड-१९ विश्वव्यापी रूपमा फैलँदै गएपछि आश्रममा पनि बाहिरी मानिसहरूलाई आउन रोक लगाइएको छ। वृद्धाहरूलाई पनि यसबारे जनचेतना दिइएको धनराज बताउँछन्।
“कोभिड-१९ रोगबारे उहाँहरूलाई सबै थाहा छ। त्यसैले आश्रम बाहिर निस्कनुहुन्न,” उनले भने, “रोग सर्छ भनेर साबुन पानीले हात धोएको धोयै गर्नुहुन्छ। स्यानिटाइजर पनि प्रयोग गर्नुहुन्छ।”
पशुपति वृद्धाश्रममा पनि बाहिरी मानिसहरू प्रवेशमा रोक लगाइएको वृद्धाश्रमका कर्मचारी मिलन तामाङले बताए।
उनका अनुसार त्यहाँका वृद्धवृद्धाहरू कोरोना संक्रमणको त्रासमा छन्। यस रोगको संक्रमणको जोखिम कम गर्न उनीहरूले माक्स, स्यानिटाइजर र साबुन पानी राखिदिएका छन्। फलफूलहरू पनि तातो पानीमा पखालेर खुवाउने गरेको उनले बताए।
" /> काठमाडौं। विश्वव्यापी महामारी कोभिड–१९ को संक्रमण फैलिँदै जाँदा ज्येष्ठ नागरिकलाई जोखिम बढेको छ। यही हप्ता ‘द जर्नल अफ द अमेरिकन मेडिकल एसोसिएसन’ले सार्वजनिक गरेको अध्ययन अनुसार कोभिड–१९को संक्रमणबाट मृत्यु हुनेमा लगभग ८७ प्रतिशत व्यक्ति ७० वर्ष भन्दा बढी उमेरका छन्।उमेर बढ्दै जाँदा मानिसको रोग प्रतिरोधात्मक क्षमता घट्दै जान्छ। त्यसमाथि उच्च रक्तचाप, दम, मधुमेहजस्ता दीर्घ रोग पनि बढीजसो ज्येष्ठ नागरिकमा हुन्छ। यही जोखिमलाई ख्याल गर्दै विभिन्न वृद्धाश्रमले संक्रमणबाट ज्येष्ठ नागरिकलाई जोगाउन विभिन्न प्रयास थालेका छन्।

">