काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले स्वास्थ्यप्रति संवेदनशील बन्न र दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थित गर्न सरकारसँग आग्रह गरेको छ।
आयोगका प्रवक्ता वेद भट्टराईले विज्ञप्ति जारी गर्दै लकडाउनको अवस्थामा घरमै रहेका अपाङ्ग, बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अतिविपन्न वर्गको लागि आवश्यक पर्ने दैनिक उपभोग्य सामग्रीको अभाव हुन नदिन सरकारलाई आग्रह गरेका छन्।
आयोगले उपचार कार्यमा अहोरात्र खटिएका सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी तथा तीनका परिवारको लागि आवश्यक स्वास्थ्य सुरक्षा सुनिश्चित हुने गरेर विशेष व्यवस्था गर्नसमेत आग्रह गरेको छ। सरकारले चालेका पछिल्ला कदम सकारात्मक रहेको भन्दै आयोगले वर्तमान जटिल परिस्थितिमा नागरिकहरूको स्वास्थ्यप्रति जिम्मेवार हुनु सरकारको प्रमुख दायित्व भएको प्रष्ट पारेको छ।
आयोगले कोभिड–१९ को संक्रमण एक अर्कोमा नफैलियोस् भन्नका लागि सरकारले गरेको लकडाउनको सबै नागरिकले पूर्ण पालना गरेर घरभित्रै रहन तथा त्यसको अवज्ञा नगर्न आम आग्रह पनि गरेको छ।
आदेशको अवज्ञा गरेर घरबाहिर निस्कनेहरूलाई मानवोचित व्यवहारका साथ कानून बमोजिम कारबाही गर्न पनि आयोगले आग्रह गरेको छ।
" /> काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले स्वास्थ्यप्रति संवेदनशील बन्न र दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थित गर्न सरकारसँग आग्रह गरेको छ।आयोगका प्रवक्ता वेद भट्टराईले विज्ञप्ति जारी गर्दै लकडाउनको अवस्थामा घरमै रहेका अपाङ्ग, बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अतिविपन्न वर्गको लागि आवश्यक पर्ने दैनिक उपभोग्य सामग्रीको अभाव हुन नदिन सरकारलाई आग्रह गरेका छन्।

">