काठमाडौं। कोभिड–१९ बाट बच्नको लागि देशभर बन्दाबन्दीको अवस्था सिर्जना भएकाले बीमा सम्बन्धी काम विद्युतीय माध्यमबाट गर्न र शुल्क संकलन अहिलेलाई स्थगित गर्न बीमा समितिले बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ।
बीमा समितिले जीवन बीमा सम्बन्धी बीमा शुल्क संकलनको काम चैत मसान्तसम्म स्थगित गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो। समितिले आज सर्कुलर जारी गरेर त्यस्तो बीमा शुल्क परिस्थिति सामान्य भएपछि संकलन गर्ने व्यवस्था मिलाउन र त्यसमा ब्याज नलिन निर्देशन दिएको हो।
त्यसैगरी, बीमा अबधि समाप्त भएमा सम्बन्धित बीमितले विद्युतीय माध्यमबाट लिखित अनुरोध गरेमा बीमालेख नविकरण हुने व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिएको छ।
अभिकर्ता र सर्भेयर इजाजतपत्र नविकरणको लागि बीमकमार्फत नबिल बैंकमा रहेको बीमा समितिको खातामा चैत मसान्तभित्र शुल्क जम्मा गर्दा जरिवाना नलाग्ने व्यवस्था पनि समितिले गरेको कार्यकारी निर्देशक राजु रमण पौडेलले जानकारी दिए।
त्यसैगरी, निर्जीवन बीमकले तत्कालै उत्पन्न हुने दाबी भुक्तानीका लागि विद्युतीय माध्यम मार्फत बीमितबाट यथेष्ठ प्रमाण संकलन गर्ने र अवस्था सामान्य भएपछि सर्भेयर खटाई क्षति यकिन गरी दाबी भुक्तानी दिने व्यवस्था गरेको छ।
जीवन बीमकले अवधि समाप्त पछिको बीमा रकम विद्युतीय माध्यमबाट बीमितको खातामा जम्मा गर्ने व्यवस्था मिलाउन र अन्य बीमा दावीको हकमा बीमिले विद्युतीय माध्यममार्फत निवेदन पेश गरेका यथेष्ठ प्रमाण संकलन गरी अवस्था सामान्य भएपछि यथाशिघ्र भुक्तानी गर्ने व्यवस्था मिलाउन पनि बीमा कम्पनीहरुलाई समितिले निर्देशन दिएको छ।