काठमाडौं। नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण जोखिम बढिरहँदा विशाल ग्रुपअन्तर्गतको भीजी फाउन्डेसनले सरकारले बनाएको कोषमा एक करोड रूपैयाँ सहयोग गर्ने भएको छ।
सरकारी अभियानलाई मद्दत गर्न र आवश्यक उपकरण तथा सावधानीका सामग्री उपलब्ध गराउन एक करोड रूपैयाँ सहयोग गर्ने फाउन्डेसनले घोषणा गरेको हो।
भीजी फाउन्डेसनले एन९५ मास्क, स्यानिटाइजर, संक्रमितको उपचारका क्रममा प्रयोग हुने पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई), इन्फ्रारेड थर्मोमिटर र अन्य स्वास्थ्य सामग्री आपूर्ति गरेर नेपालका विभिन्न स्वास्थ्य केन्द्रहरूमा उपलब्ध गराउन अन्तर्राष्ट्रिय आपूर्तिकर्ताहरूसँग सहकार्य गरिरहेको छ।
‘यो संकटविरुद्ध लागि रहेका स्वास्थ्यकर्मी र यसको प्रभाव भोगिरहेकालाई सहयोग गर्न प्रतिबद्ध सबै सहकर्मीहरूप्रति विशाल ग्रुप धेरै गर्व गर्छ, आशा छ हाम्रो यो सहयोगले स्वास्थ्यकर्मी र सर्वसाधारणलाई केही राहत दिनेछ’, ग्रुपले भनेको छ।
कोरोना भाइरसकको त्रास शुरू भएपछि भीजी फाउन्डेसनले वीर अस्पताल, थापाथली अस्पताल (प्रसुती गृह) र कान्ति बाल अस्पतालमा ह्यान्ड स्यानिटाइजर र सर्जिकल मास्कहर वितरण गरेको थियो।
‘फ्रन्ट लाइनमा रहेर सर्वसाधारणको स्वास्थ्यका लागि तीव्र गतिमा फैलिरहेको यो संकटको सामना गरिरहेका चिकित्सक र स्वास्थ्यकमीलाई विशाल ग्रुप सम्मान गर्न चाहन्छ। हामीलाई आशा छ, हाम्रो यो सहयोगले स्वास्थ्यकर्मी र सर्वसाधारणलाई केही राहत दिनेछ’, ग्रुपले भनेको छ।
कोरोनाको संक्रमण फैलन नदिन सरकारले चालेका कदमको समर्थन गर्ने उसले जनाएको छ। ‘हामी सर्वसाधारण जनतालाई अपील गर्न चाहन्छौं कि सरकारले लागू गरेको प्रतिबन्ध र लकडाउन हामी सबैको सुरक्षाको लागि हो र सबै मिलेर यसको पालना गरौं’, विशाल ग्रुपले भनेको छ।
" /> काठमाडौं। नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण जोखिम बढिरहँदा विशाल ग्रुपअन्तर्गतको भीजी फाउन्डेसनले सरकारले बनाएको कोषमा एक करोड रूपैयाँ सहयोग गर्ने भएको छ।सरकारी अभियानलाई मद्दत गर्न र आवश्यक उपकरण तथा सावधानीका सामग्री उपलब्ध गराउन एक करोड रूपैयाँ सहयोग गर्ने फाउन्डेसनले घोषणा गरेको हो।

">