भक्तपुर। स्थिती सामान्य भएको भए आज भक्तपुर नवदुर्गा नाचमा रमाइरहेको हुन्थ्यो। बालाखु टोलमा नवदुर्गा नाच हेर्नेको भीड लाग्थ्यो। तर विश्वभर फैलिएको कोभिड–१९को कहरबाट नौ वटा दुर्गाको मुकुण्डो लगाएर नाचिने नृत्य ‘नवदुर्गा नाच’ पनि जोगिन सकेन।

कोभिड–१९ बाट जोगिन सरकारले ‘लकडाउन’ (बन्दाबन्दी) घोषणा गरेपछि वनमाला समुदायले हरेक वर्ष देखाउँदै आएको नवदुर्गा नाच स्थगित भएको छ।

नवदुर्गा नाच मात्रै होइन्, उपत्यकाका अन्य जात्रा–पर्व पनि कोभिड–१९को चपेटामा परेका छन्। यो वर्ष आर्यवलोकितिश्वर (सेतो मछिन्द्रनाथ) को रथ यात्रा भएन। यात्रा नभएपछि क्षमा पुजा गरियो। असन र टुँडिखेलमा अजिमाहरूको खट जुधाउने पाहाँस्चह्रे जात्रा, घोडेजात्रा लगायत जात्राहरूलाई पनि सामान्य विधिवत् पुजाआजामा मात्रै सिमित राखियो।

त्यति मात्रै होइन, नजिकिँदै गरेको लिच्छवीकालीन बिस्केट जात्रालाई पनि औपचारिक पूजाआजामा मात्र सीमित गरिने निर्णय भक्तपुर नगरपालिकाले गरेको छ। सोमबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बिस्केट जात्रा सञ्चालन कार्यदलको बैठकले विस्केट जात्राको मूल जात्रा तथा टोल टोलमा हुने ‘तिप्वा जात्रा’, ‘खः ल्वाकेगु जात्रा’, ‘द्यो स्वगं वियगु जात्रा’ लगायतका अन्य जात्राहरू समेत औपचारिक पूजाआजामा सीमित गर्ने निर्णय गरेको छ।

बिस्केट जात्रा यसरी औपचारिक पुजाआजामा मात्रै सिमित भएको यो पहिलो पटक भने होइन। संस्कृतिविद् ओम धौभडेलका अनुसार झन्डै चार सय वर्ष अघि बिस्केट जात्रा औपचारिक पुजाआजामा मात्रै सिमित भएको थियो।

“नेपाल संवत् ७८०–७८१ मा काठमाडौंका राजा प्रताप मल्लले भक्तपुरमा आक्रमण गरेका थिए,” उनी भन्छन्, “युद्धको समय भएकाले मानिसहरू आफ्नो देश रक्षाका लागि युद्धमा होमिए। घरको ढोकामा बसेर छेके। त्यसैले त्यो समयमा बिस्केट जात्रामा भैरवको रथ तानिएन।”

भक्तपुरको मल्ल राजा जगतप्रकाश मल्लको ‘ऐतिहासिक घटनावली’ र डा. डिल्लीरमण रेग्मीको ‘मध्यकालीन अभिलेख’ पुस्तक र विभिन्न थ्यासफु (ऐतिहासिक दस्तावेज)हरूमा यस घटनाबारे लिपिबद्ध गरिएको धौभडेलले जानकारी दिए।

इतिहासविद् डा. पुरुषोत्तम लोचन श्रेष्ठका अनुसार प्रताप मल्लले ललितपुरका राजा नरेश मल्लसँग मिलेर चाँगुको बाटो हुँदै आई भक्तपुरमा आक्रमण गरेका थिए। भक्तपुरको रानीपोखरी, भार्वाचो पोखरी तोडफोड गरेका थिए। श्रेष्ठका अनुसार त्यसबेलामा स्थायी सेना राख्ने चलन थिएन। त्यसैले युद्धका बेलामा जनता आफै अग्रसर भएर लड्न जान्थे।

यसअघि नेपाल संवत् ४०० मा जगत् द्वितिय मल्लको पालामा पनि  भक्तपुरको माथिल्लो टोल (क्वाछें, साकोथा, सुकुलढोका, गोलमढीदेखि दत्तात्रयसम्म)र तल्लो टोल(गःहिटीबाट नासमना, बंशगोपाल) बिच भैरवको रथ तान्ने प्रतिस्पर्धाको बिचमा भैरवको रथ पल्टिएर जात्रा रोकिएको श्रेष्ठले बताए। त्यसपछि क्षमा पुजा गरिएको थियो।

नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई पाँचदिन पछिसम्म सञ्चालन हुने बिस्केट जात्रा भक्तपुरका बासिन्दाले आठ रात नौ दिनसम्म धुमधामका साथ मनाउने गर्थे। चैत अन्तिम दिन भेलुखेलमा इन्द्रध्वजासहितको ५५ हात लामो लिङ्गो उठाउने र वैशाख १ गते साँझ लिङ्गो ढाल्ने गरिन्थ्यो।

विक्रम संवत् अनुसार सौर्यमासको आधारमा मनाइने बिस्केट जात्रा बिःसीत अर्थात नागनागिन मर्यो भन्ने भावका आधारमा लिच्छवीकालदेखि मनाइँदै आएको श्रेष्ठ बताउँछन्। विश्वकेतुको पछिल्लो रूपान्तरणका रूपमा विश्व नाथ भैरब एवम् शिव र शक्तिको प्रतिकका रूपमा जात्रा मनाउने प्रचलन छ। बिस्केटलाई सहकालको देवताको प्रतिकका रूपमा समेत लिइने श्रेष्ठले बताए।

नेपाल सम्वत २६८ अर्थात् लिच्छवी कालभन्दा अगाडिको यो जात्रालाई मल्ल राजा जगत ज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ। त्यसपछि नेपाल सम्वत ८२७ मा राजा भूपतिन्द्र मल्लले यो जात्रालाई अझ व्यवस्थित गरी आठ रात र नौ दिन मनाउने प्रचलन बसाएका हुन्। त्यही प्रचलन आजसम्म चल्दै आएको छ।

कोभिड–१९को संक्रमणको जोखिमका कारण जात्रा पर्वहरूमा असर पुर्याएपनि यसमा दुखी नहुन इतिहासविद् श्रेष्ठ आग्रह गर्छन्।

“अहिलेको समयमा वर्तमान महत्त्वपूर्ण छ। सबै भन्दा पहिले हाम्रो ज्यान हो, ज्यान छ भने न जात्रा हुन्छ,” उनी भन्छन्, “अहिले आफुलाई जोगाउँ। आफु रहे यो संकट टरेपछि धुमधामसँग जात्रा अर्को वर्ष मनाउँला।”

" /> भक्तपुर। स्थिती सामान्य भएको भए आज भक्तपुर नवदुर्गा नाचमा रमाइरहेको हुन्थ्यो। बालाखु टोलमा नवदुर्गा नाच हेर्नेको भीड लाग्थ्यो। तर विश्वभर फैलिएको कोभिड–१९को कहरबाट नौ वटा दुर्गाको मुकुण्डो लगाएर नाचिने नृत्य ‘नवदुर्गा नाच’ पनि जोगिन सकेन।

"> चार सय वर्षपछि फेरि औपचारिक पूजामा सीमित बन्यो बिस्केट जात्रा: Dekhapadhi
चार सय वर्षपछि फेरि औपचारिक पूजामा सीमित बन्यो बिस्केट जात्रा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्