कैलाली। एनआईसी एशिया बैंकले सुरक्षाकर्मीहरूका लागि तीन हजार थान सर्जिकल पञ्जा प्रदान गरेको छ।
पञ्जा नहुदा संक्रमणको उच्च जोखिममा रहेका सुरक्षाकर्मीहरूको सुबिधाका लागि एनआईसी एशिया बैंकले ७५ हजार रूपैया बराबरका सर्जिकल पञ्जा प्रदान गरेको हो।
एनआईसी एशिया बैंकका प्रादेशिक प्रमुख टेकराज भट्ट र धनगढी शाखाका प्रमुख शिवराज पाठकले आज दिउँसो कैलालीमा प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई पञ्जा हस्तान्तरण गरे।
जसमध्ये दुई हजार पञ्जा नेपाल प्रहरीलाई र एक हजार पञ्जा सशस्त्र प्रहरीलाई प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी बोहराले बताए।
बैंकका प्रादेशिक प्रमुख भट्टले विपत्तिको समयमा सुरक्षासँगै उद्धार र राहतमा खट्ने सुरक्षाकर्मी नै कोरोना संक्रमणको अत्याधिक जोखिममा रहेकोले उनीहरूको सुरक्षाका लागि पञ्जा प्रदान गरिएको बताए।
" /> कैलाली। एनआईसी एशिया बैंकले सुरक्षाकर्मीहरूका लागि तीन हजार थान सर्जिकल पञ्जा प्रदान गरेको छ।पञ्जा नहुदा संक्रमणको उच्च जोखिममा रहेका सुरक्षाकर्मीहरूको सुबिधाका लागि एनआईसी एशिया बैंकले ७५ हजार रूपैया बराबरका सर्जिकल पञ्जा प्रदान गरेको हो।

">