बिर्तामोडमा अब सेताे घेरामा उभिएर मात्र सामान किन्न पाइने
<p>झापा। कोभिड-१९ को संक्रमण फैलन नदिने उद्देश्यले लकडाउन गरिएका अवस्थामा खुला गरिएका खाद्यान्न, तरकारी र औषधि पसलमा आजदेखि सर्वसाधारणका लागि सामाजिक दूरी (सोसियल डिस्टेन्स) कायम गरिएको छ। </p>
<p>बिर्तामोडका २० पसलमा सामाजिक दूरी कायम राखेर रेखाङ्कन गरिएको गोलो घेरामा उभिएर मात्र सर्वसाधारणले सामान खरिद गर्न पाउने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए।</p>
<p>चेम्बर अफ कमर्श बिर्तामोडको अग्रसरतामा प्रहरीले व्यवसायीसँग समन्वय गरी दैनिक उपभोग्य वस्तु र औषधि पसलमा आउने ग्राहकको भीड कम गर्न पाँच फिटको दूरीमा सेतो घेरा लगाएको छ। प्रहरी उपरीक्षक कोइरालाले बिर्तामोडबाट शुरू गरिएको सामाजिक दूरी अभियानलाई झापाका १५ वटै स्थानीय तहमा लागू गरिने बताए।</p>
<p>सामाजिक दूरी कायम हुने गरी बनाइएको घेरामा पालैपालो उभिएर सामान खरिद गर्दा पसलमा आउने ग्राहक र विक्रेता दुवै पक्ष कोभिड-१९ को संक्रमणको जोखिमबाट जोगिने विश्वास गरिएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्