काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरस (कोभिड-१९) को परीक्षण गर्ने सुविधा सम्पन्न प्रयोगशाला प्रदेशस्तरमा तत्काल स्थापनाका लागि पहल गर्न संघीय सरकारलाई आग्रह गरेको छ।
सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले आज नोबेल कोरोना भाइरसको संक्रमण, रोकथाम तथा नियन्त्रण सम्बन्धमा उपप्रधान तथा रक्षामन्त्रीको संयोजकत्वमा गठित उच्चस्तरीय समितिसँगको आजको छलफलमा यस्तो आग्रह गरेका हुन्।
सुदूरपश्चिम क्षेत्रबाट स्याम्पल परीक्षणका लागि पठाउन अहिले निकै असहज भइरहेको विषयमा समितिको ध्यानाकर्षण गराइएको उनले बताए। “तत्काल प्रदेशमै प्रयोगशालाका लागि पहल हुनुपर्यो। नभए सहज रूपले परीक्षणका लागि स्याम्पल पठाउने व्यवस्था गर्न आग्रह गरेको छु”, उनले देखापढीसँग भने।
उच्चस्तरीय समितिसँगको छलफलमा भारतबाट घर फर्किने क्रम अझै नरोकिएको भन्दै त्यसलाई सहज बनाउने विषयमासमेत कुराकानी भएको उनले बताए। “केही नेपालीहरूबीच बाटोमै अलपत्र रहेको विषयमा ध्यानाकर्षण गराएका छु” उनले भने, “यस विषयमा समितिले केही पहल गर्ने आश्वासन दिएको छ।”
उनले भारतबाट फर्किएकाहरूलाई अनिवार्य रूपमा १४ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइसकिएको बताए। नेपाल र भारत दुवै देशमा लकडाउन भए पनि अहिले पैदल हिँडेरै भए पनि कतिपय मानिसहरू विभिन्न स–साना नाका भएर फर्किरहेका छन्। उनीहरूलाई व्यवस्थित रूपले ल्याएर क्वारेन्टाइनमा नराख्ने हो भने जोखिम बढ्न सक्ने विषयमासमेत समितिको ध्यानाकर्षण गराएको उनले बताए।
छलफलमा उच्चस्तरीय समितिका संयोजक उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले सातवटै प्रदेशमा तत्काल प्रयोशाला स्थापना गर्न लागेको जानकारी दिएका थिए। उनले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन र त्यसका लागि आवश्यक मेडिकल सामाग्रीहरू पनि चीनबाट केहीदिन भित्रमा ल्याउन लागिएको भन्दै आवश्यकता अनुसार सातवटै प्रदेशमा उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाएको मन्त्री बोहराले बताए।
प्रदेश सरकारद्धारा क्वारेन्टाइन स्थापना र व्यवस्थापनका लागि साढे ११ करोड विनियोजन
सुदूरपश्चिम प्रदेश सरकारले विश्व महामारीमा रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को जोखिमबाट जोगिन प्रदेशस्तरमा विभिन्न स्थानमा क्वारेन्टाइन निर्माण र त्यहाँ राखिने व्यक्तिहरूको व्यवस्थापन गर्न साढे ११ करोड रकम विनियोजन गरेको छ।
सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले महामारीसँग लड्नका लागि आवश्यक तयारी गर्न साढे ११ करोड रकम विनियोजन गरेर काम अघि बढाइसकेको सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बोहराले बताए।
“अहिले विभिन्न नाका र अन्य स्थानमा क्वारेन्टाइन स्थापना गर्ने देखि लिएर त्यहाँ आवश्यक पूर्वाधारका लागि रकम विनियोजन भइसकेको छ”, उनले भने, “प्रदेश सरकारले कोरोना भाइरस (कोभिड-१९) को जोखिमबाट बच्नका लागि उपलब्ध स्रोत र साधन प्रयोग गरेर काम अघि बढाइरहेको छ।”
उनले प्रदेशका ८८ वटै स्थानीय तहमासमेत सर्शत अनुदान अन्तर्गत प्रत्येक तहका लागि भनेर ३ करोड रकम विनियोजन गरिसकिएको जानकारी दिए। गाउँपालिकालाई तीन लाख, नगरपालिकालाई चार लाख र उपमहानगरपालिलाई पाँच लाख रूपैयाँ क्वारेन्टाइनदेखि अन्य व्यवस्थापनका लागि खर्च गर्न रकम खातामा पठाइसकिएको मन्त्री बोहराले बताए।
उनले स्थानीय तहसँग आवश्यक समन्वय गरेर कोभिड-१९ को संक्रमण रोकथामका लागि उच्च सतर्कता अपनाएर काम भइरहेको बताए।
" /> काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरस (कोभिड-१९) को परीक्षण गर्ने सुविधा सम्पन्न प्रयोगशाला प्रदेशस्तरमा तत्काल स्थापनाका लागि पहल गर्न संघीय सरकारलाई आग्रह गरेको छ।सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले आज नोबेल कोरोना भाइरसको संक्रमण, रोकथाम तथा नियन्त्रण सम्बन्धमा उपप्रधान तथा रक्षामन्त्रीको संयोजकत्वमा गठित उच्चस्तरीय समितिसँगको आजको छलफलमा यस्तो आग्रह गरेका हुन्।

">