ट्रमा सेन्टरकाे सेवा घरबाटै पनि लिन सकिने

काठमाडाैं। सरकारले गरेकाे ‘लकडाउन’का कारण आउन नसक्ने बिरामीका लागि राष्ट्रिय ट्रमा सेन्टरले घरबाटै सेवा लिन सक्ने व्यवस्था गरेको छ।

राष्ट्रिय ट्रमा सेन्टर प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सन्तोष पौडेलका अनुसार कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिम बढेपछि धेरै अन्य अस्पताल बन्द भए पनि सेन्टरले नियमित सेवा दिने र घरमै पनि परामर्श दिने व्यवस्था गरेको बताए।

“नियमित स्वास्थ्य उपचारको व्यवस्था गरिएकाे छ, कोरोना भाइरस अप्रत्याशित रूपमा आए पनि अस्पतालमा पहिलादेखि नै भर्ना भएका बिरामी र टिकट काटेका बिरामीको उपचार भइरहेकाे छ”, उनले भने, “हामी सरकारी निकाय पनि हो, हामीले सेवा दिनुपर्छ भनेर सेवा रोकेका छैनौं।”

सेन्टरले चोटपटक लागेका बिरामीको शल्यक्रिया सेवा नियमित सञ्चालन गरिरहेको छ। चोटपटक लागेका १२ जनाको आज शल्यक्रिया गरेको छ।

सेन्टरले पहिला शल्यक्रिया गरेका र आउन नसक्ने बिरामीका लागि ०१-४२२५२७५ हटलाइन नम्बरमा बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सम्पर्क गरेर विशेषज्ञ चिकित्सकबाट पराशर्म दिने व्यवस्था गरेको छ। रासस

प्रतिक्रिया दिनुहोस्