सरकारी राहत कोषमा एकलाख दिने क्रिकेटर सन्दीपको घोषणा

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेले नेपाल सरकारले कोरोना भाइरस (कोभिड-१९) को जोखिम नियन्त्रण गर्न बनाएको राहत कोषमा एकलाख रूपैयाँ दिने घोषणा गरेका छन्।

आफ्नो ट्वीटर ह्याण्डलबाट उनले राहत कोषका लागि एकलाख रूपैयाँ दिने घोषणा गरेका हुन्।

शारीरिक दूरीको यस घडीमा हेरचाह र समर्थनको खाँचो परेकाहरूलाई नबिर्सनुहोस् भन्दै उनले उक्त सहयोग गर्ने बताएका हुन्।

उनले दया र जिम्मेवारीसँग मानवता हाबी हुने भन्दै सबैलाई सुरक्षित रहन आग्रह पनि गरेका छन्। क्रिकेटर लामिछानेले विभिन्न सामाजिक काममा सहयोग गर्दै आइरहेका छन्।

यसअघि उनले चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि पनि सहयोग गरेका थिए।

I'm humbled to announce the donation of 1 Lakh Nepali Rs for COVID19 Relief fund to the Government of Nepal. At this hour of physical distancing, lets not forget those who are in need of care & support. With kindness & responsibility humanity will prevail. Stay safe. #SL25 pic.twitter.com/xouCJWmLQB

— Sandeep Lamichhane (@IamSandeep25) March 26, 2020

प्रतिक्रिया दिनुहोस्