दाङका पत्रपत्रिकाको प्रकाशन बन्द
<p>दाङ। कोभिड-१९ संक्रमणको जोखिमबाट जोगिनका लागि दाङबाट प्रकाशन हुने सबै पत्रपत्रिकाको प्रकाशन बन्द भएको छ।</p>
<p>पत्रिकाबाट पनि कोभिड-१९ सर्न सक्ने जोखिमलाई मध्यनजर गरी दैनिक तथा साप्ताहिक पत्रपत्रिका बन्द गरिएका हुन्।</p>
<p>‘लकडाउन’को समयमा ग्राहकसामु पत्रपत्रिका पुर्‍याउन पनि समस्या हुने तथा पत्रिकाबाट पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा कोभिड-१९ सर्न सक्ने भन्दै पत्रिका बन्द गरिएको सबै पत्रिकाका प्रकाशकले जानकारी गराएका छन्।</p>
<p>यहाँ अहिले सात दैनिक पत्रिका प्रकाशित छन्, भने एक दर्जन हाराहारीमा साप्ताहिक पत्रिका छन्। अहिले सबै पत्रिकाले अनलाइन संस्करणबाट सूचना तथा सन्देश प्रवाह गरिरहेका छन्। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्