काठमाडौं। काठमाडैंको चावहिलमा रहेको ओम अस्पतालले कोभिड–१९ का बिरामीको उपचारको लागी सबै तयारी पूरा गरेको बताएको छ।
देखापढीले १२ चैतमा प्रकाशन गरेको ‘महामारीका बेला सरकार र नागरिकलाई किन असहयोग गर्दैछन् निजी अस्पताल ?’ शीर्षकको समाचारमा प्रतिक्रिया पठाउँदै उक्त अस्पतालले तीन बेडको अलग्गै इमर्जेन्सी स्क्रिनिङ रुम, बिशेष फिवर क्लिनिकको ब्यवस्था सहितको ८ बेडको आइसोलेशन वार्ड स्थापना गरिएको बताएको छ।
अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले आइसोलेशन वार्डमा आवश्यक दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीहरुलाई आवश्यक ओरियन्टेशन सहित तयारी अवस्थामा राखिएको बताए।
अस्पतालले पठाएको पत्रमा भनिएको छ, “उपचारमा संलग्न स्वास्थ्यकर्कीहरुलाई आवश्यक पर्सनल प्रेटेक्सन इक्युपमेन्ट (पीपीई) समेत बजारमा उपलब्ध नभएको अवस्थामा अस्पताल आफैंले स्थानीय बजारमा उपलब्ध साधन स्रोतबाट निर्माण गरी सो को समेत ब्यवस्था मिलाउन समय लागेकाले केही ढिलाई हुन गएको हो।”
पत्रमा भनिएको छ, “आज दिनभरको प्रयासमा अस्पतालमा आफैले स्थानीय श्रोत साधनबाट ५० वटा पिपिई सेट तयार पार्न सफल भएको कुरा समेत अवगत गराउन चाहन्छौं।”
यस्ताे छ अस्पतालकाे पत्र
महामारीका बेला सरकार र नागरिकलाई किन असहयोग गर्दैछन् निजी अस्पताल ? शीर्षकको समाचार अन्तर्गत काठमाडौंको चावहिल स्थित यस ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा कोभिड-१९ भाइरस संक्रमित कोरोना भाइरसका शंकास्पद बिरामीका लागि आइसोलेशन वार्ड नभएको भन्ने समाचार सत्य भए पनि हालको बिषम परिस्थिति र लकडाउनको अवस्थामा अस्पतालले पिपिई तथा आवश्यक उपकरण औषधि र उपलब्ध जनशक्तिका लागि बिशेष ओरियन्टेसन समेत तत्काल गर्नुपर्ने चूनौतीका कारण केहि ढिलाई हुन गएको मात्र हो।
आजै यहाँहरुको प्रभावकारी र लोकप्रिय अनलाईन संचार देखापढी डटकमले समाचार सम्प्रेषण गरेलगत्तै काठमाडौं जिल्ला प्रशासनका प्रतिनिधिले ॐ अस्पतालमा उपलब्ध सेवा सुबिधा र जनशक्ति सहित कोभिड-१९ का शंकास्पद बिरामीकालागि गरिएको ब्यवस्थाबारे जानकारी लिनुभएको थियो।
समाचार सम्प्रेषण भएको केहि बेरमा नै अस्पतालको बिशिष्ठ अधिकारीहरुको आकस्मिक बैठकले तत्काल राज्यको निर्देशन अनुसारको ब्यवस्था गर्ने निर्णय लिएको थियो । जस अन्तर्गत शंकास्पद कोरोनाका बिरामीहरुकालागि बिश्व स्वास्थ्य संगठनले तोकेको बिशेष प्रोटोकल अनुसार ब्यबस्था गरिएको छ । जस अन्तर्गत अलग्गै ३ बेडको इमर्जेन्सी स्क्रिनिङ रुम, बिशेष फिवर क्लिनिकको ब्यवस्था गरिएको छ भने बिशेष ब्यवस्था सहितको ८ बेडको आइसोलेशन वार्ड स्थापना गरिएको छ। आइसोलेशन वार्डमा आवश्यक दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीहरुलाई आवश्यक ओरियन्टेशन सहित तयार अवस्थामा राखिएको छ । उपचारमा संलग्न स्वास्थ्यकर्कीहरुलाई आवश्यक पर्सनल प्रेटेक्सन इक्युपमेन्ट (पिपिई) समेत बजारमा उपलब्ध नभएको अवस्थामा अस्पताल आफैंले स्थानीय बजारमा उपलब्ध साधन श्रोतबाट निर्माण गरी सो को समेत ब्यवस्था मिलाउन समय लागेकाले केहि ढिलाई हुन गएको हो।
यस्तो बिषम घडिमा निजि अस्पतालले हर सम्भव हिसावले राज्य र नागरिकलाई सहयोग गर्ने हो । यसमा सदा झैं ॐ अस्पताल देशको निजि क्षेत्रको अग्रणि स्वास्थ्य सेवा प्रदायकका रुपमा हरदम तयार रहेको ब्यहोरा समेत अनुरोध छ।
ॐ अस्पताल हर तरहले नेपाल सरकारसँग सहकार्य गरी अघि बढ्न तयार रहेको जानकारी गराउन चाहन्छौं । जहाँसम्म ज्वरो आएका बिरामीलाई उपचार नगरि रेफर गर्ने कुरा छ, ॐ अस्पतालमा आएका ज्वरोका बिरामीलाई हामीले नियमसंगत तरिकाले भर्ना गरी उपचार गरेका छौं । गत साता काठमाडौंका एकजना शंकास्पद बिरामीको आइसोलेशनमा राखी उपचार गरेर उहाँको थ्रोटस्वाव परिक्षणका लागि टेकु पठाएका थियौं । उहाँको स्याम्पल नेगेटिभ आएपछि उहाँ हिजैमात्र अस्पतालबाट डिस्चार्ज भई घर फर्कनु भएको कुरा समेत अवगत गराउन चाहन्छौं।
सघन उपचारमा डिएम गर्नुभएका आकस्मिक उपचार बिशेषज्ञ तथा सघन उपचार बिशेषज्ञले नेतृत्व गर्नुभएको देशको अत्याधुनिक सेवा सुबिधा सहितको आइसियू समेत रहेकाले संक्रमित बिरामीको उपचार ॐ अस्पतालका लागि त्यति चूनौतीपूर्ण बिषय होइन। साथमा अस्पतालमा संचालित इन्फेक्सन प्रिभेन्सन एण्ड कन्ट्रोल प्रोग्रामले यसलाई थप सबलिकरण गरेको छ। जहाँ इन्फेक्सन कन्ट्रोल नर्सहरुले यसको बिशेष नियमन र निगरानी समेत गरिरहेका छन्।
ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका मेडिकल को-अर्डिनेटर डा.विश्वनाथ कोइराला भन्छन्, “हामीसँग १५ सेट जति मात्रै पीपीई छ। सरकारलाई अरु पीपीई मागेका छौं। त्यो नदिएसम्म उपचार शुरू गर्न सक्दैनौ।” भन्ने कुराको जबाफमा हामी आज दिनभरको प्रयासमा अस्पतालमा आफैले स्थानीय श्रोत साधनबाट ५० वटा पिपिई सेट तयार पार्न सफल भएको कुरा समेत अवगत गराउन चाहन्छौं।
यहाँहरुको सकारात्मक प्रयाश र हाम्रालागि सकारात्मक दबाब श्रृजना गर्नुभएकोमा हार्दिक धन्यवाद सहित आगामी दिनमापनि यहाँहरुको निरन्तर फलोअपको अपेक्षा गर्दछौं ।
धन्यवाद !
बाबुकाजी कार्की
प्रबन्ध संचालक
ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर