दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज गर्न मानव अधिकार आयोगको आग्रह
<p>काठमाडौं । राष्‍ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्‍नका लागि लकडाउनका समयमा नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन आग्रह गरेको छ। आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा लकडाउनको अवस्थामा घरमै रहेका अपांगता भएका बालबालिका, ज्येष्‍ठ नागरिक, महिला तथा अतिविपन्‍नका लागि आवश्यक पर्ने दैनिक उपभोग्य सामग्री उपलब्ध गराउन आग्रह गरिएको छ।</p>
<p>आयोगले उपचारका क्रममा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र तिनका परिवारको स्वास्थ्य सुरक्षाको विशेष व्यवस्था गर्न आग्रह पनि गरेको छ। विश्‍वव्यापी रूपमा फैलिरहेको रोग फैलिन नदिन सरकारले गरेको लकडाउनलाई सकारात्मक बताउँदै आयोगले विषम परिस्थितिमा नागरिकप्रति सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिएको छ। रासस</p>
प्रतिक्रिया दिनुहोस्