काठमाडौं। विश्व्यापी महामारी बनेको कोभिड-१९ झन् डरलाग्दो किसिमले विस्तार भएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो दुई दिन (४८ घण्टा)मा मात्र कोरोना भाइरसबाट संक्रमित थप एक लाख विरामी थपिएका छन्।
शुरुमा एक लाख जनामा कोरोना भाइरस संक्रमण हुन ६७ दिन लागेको थियो। त्यसपछि ११ दिनमा अरु एक लाख संक्रमित थपिए। त्यसपछि एक लाख संक्रमित हुन चार दिन लागेको थियो। पछिल्लो पटक भने दुई दिनमै एक लाख नयाँ संक्रमित थपिएका हुन्।
आज जी-२० राष्ट्रका नेताहरुको बैठकमा यो डरलाग्दो आँकडा प्रस्तुत गर्दै विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अदनोम गेब्रियससले भने, "आक्रामक कार्ययोजना लागू गरिएन भने सबै देशमा गरेर दशौं लाख मानिसको मृत्यु हुनसक्छ।"
उनले यसलाई विश्वव्यापी संकटको संज्ञा दिँदै यसविरुद्ध लड्न पनि विश्व्यापी पहलमा जोड दिए।
विश्व स्वास्थ्य संगठनका अनुसार २५ मार्चसम्ममा चार लाख १३ हजार ४६७ जनामा कोरोना भाइरसको संक्रमण भएको छ, जसमध्ये १८ हजार ४३३ जनाको मृत्यु भएको छ।
" /> काठमाडौं। विश्व्यापी महामारी बनेको कोभिड-१९ झन् डरलाग्दो किसिमले विस्तार भएको छ।विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो दुई दिन (४८ घण्टा)मा मात्र कोरोना भाइरसबाट संक्रमित थप एक लाख विरामी थपिएका छन्।

">