अत्यावश्यक वस्तुको आपूर्तिका लागि आजदेखि काठमाडौंमा घुम्ती पसल
काठमाडौं। लकडाउनको बेला नागरिकलाई अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन आजदेखि काठमाडौं उपत्यकामा घुम्ती पसल शुरू गरिँदै छ।
निजी डिपार्टमेन्टल स्टोरसँगको सहकार्यमा सरकारले २४ वटा मोबाइल पसल शुरू गर्न लागेको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दुई सरकारी कम्पनी (साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनी) र उपत्यकामा सञ्चालित निजी डिपार्टमेन्टल स्टोरहरूलाई मोबाइल भ्यानमार्फत घुम्ती पसल सञ्चालन गर्न निर्देशन दिइसकेको छ।
आपुर्तिमन्त्री लेखराज भट्टले उपत्यकामा दुई दर्जन घुम्ती पसल सञ्चालन गर्न निर्देशन दिएका हुन्।
मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ कर्पोरेशनले ४ वटा र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दुई वटा घुम्ती पसल सञ्चालन गर्नेछन्।
१८ वटा घुम्ती पसल भने निजी क्षेत्रबाट सञ्चालन हुनेछ।
आजैदेखि खाद्यान्न र अत्यावश्यक वस्तु राखेर उपत्यकामा घुम्ती पसल शुरू गर्ने तयारी रहेको आपुर्ति मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले बताइन्।
साल्ट ट्रेडिङले लकडाउनपछि काठमाडौं उपत्यका, भक्तपुर र काभ्रेमा गरी छ वटा पसल संचालन गरिरहेको छ।
बनेपा, भक्तपुर, कोटेश्वर, सतुङ्गल, कालिमाटी र जावलाखेलमा नयाँ पसल राखिएका छन्।
घुम्ती पसलमा खाद्यान्न, तरकारी, फलफूल, माछामासु, दूध तथा दूधजन्य पदार्थ, पानी, सरसफाई सामाग्री, चिनी, तेल जस्ता वस्तु बिक्री गरिनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्