काठमाडौं। साउदी अरबस्थित नेपाली दूतावासले साउदी सरकारले जारी गरेको लकडाउन र कर्फ्यू आदेशको पूर्ण पालना गरी आफू रहेकै ठाउँमा सुरक्षित बस्न त्यहाँ रहेका नेपालीहरूमा अनुरोध गरेको छ।
'अन्तर्राष्ट्रिय उडानहरू सबै बन्द भएको अवस्थामा स्वदेश फर्कने चिन्ता गर्दै यत्रतत्र टेलिफोन नगरौँ', दूतावासद्वारा हिजो जारी विज्ञप्तिमा भनिएको छ, 'नेपालमा भएका तपाईँ हाम्रा परिवार, आफन्त, साथीभाइ र छरछिमेकलाई कोरोनाको संक्रमणबाट सुरक्षित राख्न सरकारले हरसम्भव प्रयासहरु गरिरहेको छ।'
संकटको बेला कोभिड-१९ को महामारीबाट बच्न सबैजना जुट्नुपर्ने भन्दै दूतावासले परिवार, आफन्त, साथीभाइ र छरछिमेकसँग कोरोनाविरुद्ध सरकारको प्रयासलाई साथ दिन प्रेरितका लागि अनुरोध गरेको छ।
कोरोना भाइरस संक्रमणको जोखिम रोकथामको सावधानीस्वरूप सामाजिक संजालमार्फत सचेतनामूलक सामग्रीलाई बढावा दिन विज्ञप्तिमा भनिएको छ।
वैदेशीक रोजगारीमा जाने नेपालीको लागि साउदी प्रमुख गन्तव्यमध्येको एक हो।
हिजो, १३ चैतसम्ममा साउदीमा कोरोना भाइरसबाट संक्रमितको संख्या एक हजार १२ पुगेको छ। संक्रमितहरुमध्ये ३३ जना निको भएका छन्। तीनजनाको कोभिड-१९ बाट मृत्यु भएको दूतावासले जनाएको छ।
त्यहाँ रहेका नेपालीहरू हालसम्म सुरक्षित छन् ।
" /> काठमाडौं। साउदी अरबस्थित नेपाली दूतावासले साउदी सरकारले जारी गरेको लकडाउन र कर्फ्यू आदेशको पूर्ण पालना गरी आफू रहेकै ठाउँमा सुरक्षित बस्न त्यहाँ रहेका नेपालीहरूमा अनुरोध गरेको छ।'अन्तर्राष्ट्रिय उडानहरू सबै बन्द भएको अवस्थामा स्वदेश फर्कने चिन्ता गर्दै यत्रतत्र टेलिफोन नगरौँ', दूतावासद्वारा हिजो जारी विज्ञप्तिमा भनिएको छ, 'नेपालमा भएका तपाईँ हाम्रा परिवार, आफन्त, साथीभाइ र छरछिमेकलाई कोरोनाको संक्रमणबाट सुरक्षित राख्न सरकारले हरसम्भव प्रयासहरु गरिरहेको छ।'

">