ग्राहकका घरघरमा सामान पुर्याउन डिपार्टमेन्टल स्टोरहरूलाई गृह मन्त्रालयको निर्देशन

काठमाडौं। सरकारले लकडाउनको अवधीमा उपभोक्ताको घरघरमा दैनिक उपभोग्य वस्तु पुर्‍याउन उद्योगी-व्यवसायीलाई निर्देशन दिएको छ।

गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बृहत् बैठकले पसलहरू सञ्चालन, माग संकलन र वितरणका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन महानगरीय प्रहरी कार्यालयलाई निर्देशन दिएको छ। बैठकमा उद्योग वाणिज्य महासंघ, राजधानीमा सञ्चालित सुपरमार्केट, ग्रोसरी र अन्य होलसेल पसल सञ्चालकको पनि उपस्थिति थियो।

काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेका डिपार्टमेन्टल स्टोरहरूलाई घरघरमा पुर्‍याउने व्यवस्था मिलाउन गृह मन्त्रालयको निर्देशन छ। त्यसका लागि आ-आफ्ना डेलिभरी भ्यान डिपार्टमेन्टल स्टोरहरूले प्रयोग गर्न सक्ने छन् । डेलिभरी भ्यानहरूलाई सवारी पासको व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले मिलाउने भएका छन् ।

स्टोरहरूले माग संकलन र वितरण प्रणालीलाई सहज र व्यवस्थित गर्न आ-आफ्नो टोलफ्री नम्बर प्रयोग गर्नु पर्नेछ।

गृह मन्त्रालयले जटिल समयमा कुनै समस्या परे या कालोबजारी, कृत्रिम अभाव सिर्जनालगायत कार्यमार्फत बजारमा आवश्यक उपभोग्य खाद्य वस्तुको अभाव देखिए टोलफ्री नम्बर ११४९ मा फोन गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्