अवैध उत्खनन गर्ने टिप्पर र चालक नियन्त्रणमा
<p>भीमदत्तनगरपालिका–१३, झोलुङ्गे पुल क्षेत्रबाट ठेक्का नै नगरी अवैधरूपमा गिट्टी, बालुवा उत्खनन गरिरहेको अवस्थामा १७ जना चालक, तीन जेसिबी र १६ वटा टिप्पर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।</p>
<p>जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णनन्द भट्टले चालकलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए। उनले सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर कारबाही प्रक्रिया अघि बढाइने बताए।</p>
<p>महाकाली नदीको स्रोत बाँडफाँटका विषयमा कञ्चनपुरको भीमदत्त र महाकाली नगरपालिकाबीच किचलो यथावत् छ।</p>
<p>दुवै नगरपालिकाले आ-आफ्नो पायक पर्ने ठाउँबाट नदीजन्य वस्तु उत्खनन गरिरहेका छन्। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्